राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन हाम्रा अग्रजहरु यी तमाम कुरामा वस्ता गरिराख्नु भको छैन। हामी समाज परिवर्तन गर्छौ र समाजबाद ल्याउछौ भन्ने नेताहरु,समाजसेविहरु,कर्मचारिहरु,गुरुबुवा गुरुआमाहरु अन्यहरु किन आज के कति कारणले सामुदायिक बिधालयको गुणस्तर भन्ने जस्तो दिन सक्नु भको छैन? यी र यस्तै प्रश्नहरु मेरो मानसपटलमा जहिले आइराखेको छ।देशभरीको अवस्था यस्तै यस्तै छ जस्तो लाग्छ सामुदायिक बिधालय को हालत त्यस्मा केही औंलामा गन्ने केही थान मात्र छन नभए सबै आज नि राज्यले सामुदायिक बिधालयमा लगानी गरेको प्रतिफल भने बालुवामा पानी खनाए सो सरह छ।हाम्रो बेलका नगरको हालत नि यहि भै राखेको छ सामुदायिक बिधालय गुणस्तर व्यापक गर्छुऔ भनेर हिजोका हाम्रा जनप्रतिनिधिले पनि भन्नू नभएको हैन र आजका जनप्रतिनिधिले पनि भनी राख्नु भको छ तर उपलब्धि अझै शुन्य नै छ।आज पनि सामुदायिक बिधालय भर्ना गर्नु पर्छ भनो भने अधिकान्स स्थानीय नेता,समाजसेवी लगाएत नाक खुम्चाउनु हुन्छ।उहाहरुलाइ नै बिश्वास छैन अनि उहाहरुनी भन्नू हुन्छ हामी समाजबाद ल्याउछौ गरिबले पढाउने शिक्षा र धनीले पढाउने शिक्षा फरक गरेर छुट्याउने सामन्ती सोच भएको चाहिँ उहाहरुनी हो।आज मजदुर ,वैदेशिक रोजगार, सानो तहका कर्मचारी लगाएत थोरै आयस्रोत भएकालाई निजि बिधालय पढाउन बाध्य बनाउने यहि हाम्रा समाजकै सामान्ती सोचका आफुलाइ ठालु सोच्ने नै हुन!स्थानीय निकाएले सामुदायिक शिक्षामा धेरै ठूलो लगानी गर्न सक्दैन होला तर अनुगमन तिब्र र मासिक उपलब्धि को बारेमा हेर्न बुझ्न हाम्रा जनप्रतिनिधि के कारणले रोकेको छ?बेलका नगरभरिको मध्य वार्ड न १,२ को सामुदायिक बिधालय को हालत देख्दा रुन मन लाग्छ।कहि चिसो भुइमा साना नानिबाबु बसेर पढ्न बाध्य छन त कहि पानी पर्दा बिधालयमा पढाइ नहुने अवस्था छ! सामुदायिक बिधालय पढने बिद्यार्थीमा कम भैराखेका छन अनि नगरमा जस्ता जनप्रतिनिधि छन वडा मा तेस्तै छन।बिधालय मा कुनै कार्यक्रम भयो र निम्तो गरो भने मरेर ५ मिनेट को समय बोलेर हिने पछि फर्केर आउदैन अनुगमन या कस्तो छ बिधालय गुणस्तर भनेर।मैले १,२ वडा मै आफू सरकारी बिधालय पढाउने अनि आफ्ना नानिबाबु निजि बिधालय सम्म डोर्याउदै या बाइक, साइकल पुर्याउने गुरुबुवा गुरुआमाहरु अनि उहाहरुलाइ त आफुले दिएको शिक्षा सङ्ग बिश्वास छैन भने ती निम्न बर्ग लाई कसरी हुन्छ।जब सम्म हामी जान्ने बुझ्ने हु नेता हु सामजसेवी हु लगायत अन्यकुनै तहका बुझ्ने ले आफै बुझेर परिवर्तन गुणस्तर बनाउन आफै लाग्दैन्न तब सम उनिहरुको बोली समाजबाद भएनी व्यबहार भने सामन्ती सोच कै हो।अनि सबै अभिभावक ले पनि के सोच्नु पर्छ भने निजि मा पढाए हामी महान हुनछौ हाम्रा नानिबाबु लाई अङ्ग्रेजी आउँछ सरकारी मा कामै नलाग्ने हुन्छ भन्ने सोच को अन्त्य गर्न जरुरी छ तपाईले निजि मा गरेको शिक्षाको लगानी यदि सबै मिलेर सामुदायिक बिधालय अझै सेवा सुबिधा र गुणस्तर बनाउन १००% गर्नु भएको छ भने २०% गर्दा नि हुन्छ।निजिमा पढाउने को शैक्षिक योग्यता हेर्नुस गएर कहिले कहिँ अनि सरकारी बिधालय मा पढाउने को शैक्षिक योग्यता फरक त्यहि पाउनु हुन्छ।हामी सबैले मिलेर लागि नपरुनजेल सामुदायिक बिधालय को गुणस्तर बनाउन सकिन्दैन।भिजन र मिसन भका जनप्रतिनिधि चुन्ने गरुम भाषण को भरमा हैन! सामुदायिक बिधालय शिक्षाको फोहरको पोखरी भएकोछ भने फोहर सफा भए पछि मात्र पोखरीमा बस्छु भनेर डिलमा बसेर रमिता नहेरुम आफुपनी पसेर सफा गर्न लागौ यदि हामी समाज परिवर्तन गर्ने मन भएका हौ भने।
जय देश।
जय युवा।
सामुदायिक शिक्षा प्रेमी
शेखर निरौला
बेलका २


