नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था
बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई स्वस्थ्य,सुन्दर र गतिशिल बनाउने कल्पना सहित प्राचिन बिद्वानहरुले बनाएको ब्यबस्था हो।
सबै बर्ण का निकै महत्व पुर्न जिम्मेवारी हरु थिए।
ब्राह्मण को जिम्मेवारी धेरै महत्वपूर्ण थियो। पृथ्वी र यस्मा अबस्थित हरेक बस्तु मा ,ईश्वर अथवा उर्जा को रहस्य,सुख र दुख को कारण त्यस्को निवारण आदि जान्नु र समुदायको सबै बर्ण लाई यस्को बोध गराउनु थियो।
ब्राह्मण ती थिए जस्ले आफ्नो शरीर,मन,बुद्धि चेतना को
रहस्य बोध गर्दथिए अर्थात जस्ले आफू र हरेक बस्तु मा रहेको चेतना जान्दथे र बोध गर्दथे ती थिए ब्राह्मण ।
जो काम,क्रोध,लोभ ,मोह देखि मुक्त र चेतना,उर्जा,ईश्वरको रहस्य बोध गर्छ उ ब्राह्मण थियो ।
आज म ब्राह्मण हु भनेर दाबी गर्ने अथवा ब्राह्मण का पनि उच्च गुरु हरुलाइ हेर्नूस ,सुन र चादी का कुर्सी मा बस्छ्न,खान्छन। तिनिहरु लाई सानो कुटिले हुँदैन , महल भन्दा सुबिधा सम्पन्न घर चाहिन्छ। बिहे गरेर एक स्त्री मा हैन बिहे नगरी अनगिन्ती स्त्री संग रोमन्स गर्छ्न।
सोच्नुस त, जस्लाइ बस्न लाई सुन र चादी को कुर्सी ,खान लाई काजु,बदाम,लगायत सबै भन्दा उत्तम फलफुल र मिस्टान्न चाहिन्छ उ कति अहंकार ,लोभ,मोह कामुकता ले भरिएको होला?
ब्राह्मण को परिभाषा पुरै बदलिसक्यो ,
पुरै बर्ण व्यवथाको परिभाषा बद्लिसक्यो।
जुन उदेश्य का साथ यो ब्यबस्था बनाइएको थियो त्यस्ले आफ्नो उदेश्य बदलिसक्यो।
बर्णन ब्यबस्था ले मानिस लाई विभिन्न जात ,छुवाछुत ,अपमान,र डरलाग्दो विभेद तिर लगिसक्यो।
यो ब्यबस्था पुरै उन्मुलन नगर्ने हो भने यो सुन्दर देश नर्क बन्ने छ।
हामी सबै मिलेर यो विभेद,हिंसा ,उत्पीडन ,भेदभावपूर्ण जात ब्यबस्था ,उखेलेर फ्याकौ ,जुन सबै नेपालिको मस्तिष्क मा गडेर बसेको छ ,तेस्ता कार्यक्रम हरु बनाउ,कानुन बनाउ।
सयौ बर्ष देखि उत्पीडित समुदायको भाषा,सस्कृती,लाई राष्ट्रिय करण गरौ र उनिहरु लाई राज्य का सबै अंग मा समान प्रतिनिधित्व गराउ।
प्राचिन ऋषि मुनि हरु मानव मानव बिच मत्र हैन पृथ्वी को हरेक बस्तु मा चेतना छ भनिसकेका छन।
उनिहरु साम्यवाद को परिकल्पना कार हुन
कथित धुर्त ब्राह्मण हरुले काम,क्रोध,लोभ,मोह,र ब्यक्तिवादी धरातल मा बसेर चिन्तन गर्ना ले समाज आज एति बिभेद्कारी र दुर्गन्धित बन्न पुग्यो।
था छैन यो दुर्गन्ध लाई सफा गर्न कति मानिस का रगत आबस्यक पर्ने हो?


