बेलका शुरु भयो निशुल्क सल्यक्रिया सहितको आँखा सिबिर
बेलका नगरपालिकाले सबै नागरिकको आँखा स्वास्थ्य राख्ने उदेश्यले निशुल्क सल्यक्रिया सहितको आँखा सिविर सन्चालन गरेको छ।
मेची आँखा अस्पताल झापाको प्राबिधिक सहयोग तथा बेलका नगरपालिकाको आयोजनामा सन्चालित सिविर ३ दिन सम्म सचालन गरिने छ।
स्वास्थ सेवा सहज बनाउन बेलका नगरपालिका वडा नं २ बेल्हामा आखाको स्कृनिङ्ग सिविर सन्चालन गरि अप्रेसन गर्नु पर्ने लाई बेलका आँखा अस्पतालमा ल्याई अप्रेसन गरिएको रामाजिक साखा प्रमुख गोपाल निरौलाले बताए।
अप्रेसन गरिसकेका जेष्ठ नागरिकलाई कालो चस्मा लगाएर सिविरको उद्घाटन बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले गर्नु भएको हो।
सिविरको उद्घाटन गर्दै नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरको नारा बमोजिम आखाको उपचार बाट कोहि नागरिक बन्चित नगराउने उदेश्यले शिबिर सन्चालन गरिएको बताए। हामिले हरेक बर्ष सिविर सन्चाल गरेका छौ। प्रत्येक बर्ष निशुल्क सल्यक्रिया , चस्मा बितरण, औषधि बितरण गरेका छौ। सन्सार हेर्ने महत्त्वपूर्ण अंग आँखा भएकोले सम्पुर्ण नागरिकलाई आँखा चेक जाँच गराउन नगर प्रमुख थापाले आग्रह गर्नु भएको छ।
बेलका नगरपालिकाले निशुल्क प्रत्येक बिधालयका बिद्यार्थीको आँखा चेक गराएको छ। मेची आँखा अस्पताल झापाको सहयोगमा बेलका नगरपालिकामा आँखा अस्पताल स्थापना गरि बिगतका बर्ष देखि सेवा दिदै आएको मेयर थापाले बताए।
सिविरमा भिडभाड नगरी सबैले सभ्य भएर सेवा लिन बेलका नगरपालिका नगर उप प्रमुख राज कुमारी चौधरीले आग्रह गरेकी छिन।
आँखा जस्तो महत्त्वपूर्ण अंगलाई सुरक्षीत राख्न समय समयमा चेक जाँच गर्न आग्रह गर्दै सिविरमा बिशेश भुमिका खेल्ने मेची आँखा अस्पतालाई उप प्रमुख चौधरिले धन्यवाद दिनु भएको हो।
बिगत तीन बर्ष देखि स्थानिय स्तरमा सेवा दिन पाउँदा निकै खुशी लागेको मेची आँखा अस्पताल आउटिस्ट अफिसर कबिता कार्किले बताइन। सिविर भन्दा बाहेक कोहि कसैलाई मितिया बिन्दु भएमा मेची आँखा अस्पतालले सधै सहयोग गर्ने छ। बेलका नगर पालिकाको सहकार्यमा भएको निशुल्क सिविरमा उपस्तिथि सेवा ग्राहिलाई आँखा सम्बन्धी चेतना मुलक कुराहरु समेत अफिसर कार्किले राख्नु भएको हो।


