स्व.गङ्गा बहादुर स्मृति दोस्रो सोलिडारीटि कप फुटबल-२०७८ मा बेल्टार एफ.सी को जित।
बेलकाको धौरी रंगशालामा भएको उक्त खेलमा बेल्टार एफ.सी र हरियाली एफ.सी को प्रतिस्पर्धामा १ गोल अन्तरले बेल्टारले जित हासिल गरेको हो। समयअवधि भर कुनै टिम बाट पनि गोल हुन नसके पछि खेलमा ट्राइब्रेकर गराइएको थियो ट्राइब्रेकरमा हरियाली एफ.सी को ६ गोल र बेल्टार एफ सी को ७ गोल भएको थियो आजको खेल जिते संगै बेल्टार एफ.सी सेमि फाइनलमा प्रवेश गरेको छ।
आजको खेलमा बेल्टारका जर्सि नम्बर ७ सुदिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको जानकारी आयोजकका अमर शिवाकोटीले दिए।
त्यसैगरी भोलि हुने खेलमा आयोजक शुभ बिहानि नेपाल र सखुवागाछि युथ क्लब(इनरुवा) बिच प्रतिस्पर्धा हुनेछ।


