NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा ‘स्टोनस्किपिङ’ प्रतियोगिता हुने

1 Mins read

सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
‘पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
“नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ,” पत्रकार सम्मेलनमा संयोजक नवराज विष्टले भने, “पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ र सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ ।”
क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले जानकारी दिए । उनका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्ष्मण कटुवाल तेस्रो भएका थिए । उनीहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।
गत वर्ष एक सय जना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा यस वर्ष सहभागी बढ्ने आयोजकको विश्वास छ ।

Related posts
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
मनाेरञ्जन

नेपालमा पिकलबलको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न, १० राष्ट्रका १२० खेलाडी सहभागी

1 Mins read
उद्दब पौडेल /पिकलबल एसोसिएसन नेपालले इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४ आयोजना गरेको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोटमा आयोजित कार्यक्रममा भारत , अमेरिका…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *