बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को उपाधी बराहक्षेत्र सुनसरीले जितेको छ। बुद्ध चोक खेल मैदानमा भएको फाइनल खेलमा ० – ३ गोल अन्तरले APF पकली सुनसरीलाई हराउँदै बराहक्षेत्र सुनसरीले उपाधी लगेको हो।
खेलको पहिलो हाल्फ गोल रहित टुंगिएको थियो। खेलको ३६औं मिनेटमा बराहक्षेत्रका दिपेश तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पुनः ४४औं र ४९औं मिनेटमा दिपेश तामाङले नै गोल गर्दै ह्याटि्रक गरेका थिए। APF पकली सुनसरीले भने केही अवसर पाएर पनि गोल गर्न सफल भएन।
बिजेता र उप बिजेता टिमले क्रमश नगद ५० हजार, ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन भने उत्कृष्ट बिधा अन्तर्गत उदयमान खेलाडी लक्ष्मण थामी, उत्कृष्ट डिफेन्डर भगुवानलाल माझी, उत्कृष्ट गोल रक्षक अशिब राई, सर्वाधिक गोल कर्ता दिपेश तामाङ, उत्कृष्ट मिड फिल्डर असिम ठटाल र उत्कृष्ट कोचमा बराहक्षेत्रका सुदिप गोले तामाङ घोषित भएका छन।
फागुन २४ गते बेलका नगर उपप्रमुख जिरा राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रथम बुद्ध मिनि गोल्ड कप अखिल नेपाल फुटबल संघका महासचिब किरण राई को प्रमुख आतिथ्यतामा र जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, बुद्धिजीवी, पत्रकार खेलाडी तथा खेल प्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको हो। फाइनल खेलमा बुद्धचोक खेल मैदानको वरिपरि भरिभराउ थियो। दर्शकहरुको उत्साहजनक उपस्थितिमा सभ्य र भब्य रुपमा खेल सम्पन्न भएको हो।
प्रथम बुद्ध मिनि गोल्ड कप २०८० लाई सफल पार्न मुख्य प्रायोजक डि. बि. राई मामी ग्रुप मलेसिया, सह प्रायोजक श्री गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुल, संरक्षक महेन्द्र राई साथै देश बिदेशका सहयोगी दाता तथा ब्यक्ति र संस्थाहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।
बुद्ध एकता क्लबका अध्यक्ष धन कुमार राईको अध्यक्षमा सम्पन्न भएको हो।


