NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

पुर्व विद्यार्थी समाज द्वारा तपेस्वरीमा विभिन्न कार्यक्रम सप्पन्न

1 Mins read

कृष्णमान चौधरी , बेलका ।
पूर्ब विद्यार्थी समाजद्वारा विभिन्न बिधाका कार्यक्रम सम्पन्न गरेको छ। श्री जनता बेलका माध्यमिक बिद्यालयका पूर्ब विद्यार्थी समाजले आज ३ बिधाका फरक फरक कार्यक्रम सप्पन्न गरेका छन ।

पहिलो चरणको कार्यक्रममा कोभिडको बेला जनताका स्वास्थ का लागि दिनरात स्वास्थ सेवा दिनुहुने विशाल मेडिकल हलका संचालक संजय झा, ॐ मेडिकलका संचालक ॐ यादब ,तपेश्वरी स्वास्थ चौकिका पूर्ब इन्चार्ज सुशील शाह , जनताका सुरक्षाका लागि दिनरात खटिएका भागलपुर पुलिस चौकिका प्रतिनिधि भगवान खत्री र इन्द्र राई लाई जनता मा.बि का पुर्ब विद्यार्थी समाजले एक कार्यक्रम गरि सम्मान गरेको छ।

दोस्रो चरणको कार्यक्रममा बेलका न.पा -१,पुरन्दह अबस्थित श्री जनता बेलका माध्यमिक बिद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका प्रथम ,द्वितीय र तृतीय स्थान गर्ने भाइबहिनीहरु लाई प्रोत्साहन स्वरुप पुरस्कार दिई सम्मान गरेको छ ।

तेस्रो चरणमा जनता मा.बि पुरन्दहमा रहेको सार्वजनिक पुस्तकालय लाई उदघाटन आज एक बिशेष कार्यक्रम गरि बेलका नगर शिक्षा शाखा अधिकृत सुनिल निरौला को प्रमुख आतिथ्यतामा उदघाटन गरेको छ।

पुर्ब विद्यार्थी समाजले साबिक तपेश्वरी गा.बि.स लाई मध्यनजर गर्दै बेला बेला विभिन्न कार्यक्रम गर्दै आएको छ।
गत साल बेलका न.पा वडा न १ र २ का सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा ४५ हजार बराबरको खेलकुद सामाग्री बाडेको , जनता मा.बि पुरन्दहमा साना साना भाइबहिनीहरुका लागि चित्रकला प्रतियोगिता सप्पन्न गरेको पुर्ब विद्यार्थी समाजका संयोजक कुबेर लुइँटेल ले जानकारी दिए।

बिद्यालय सुधारका लागि सकारात्मक कदम चाल्न अग्रसर रहेको र आगामी दिनहरु अझ नयाँ नयाँ खालका कार्यक्रम ल्याउने पुर्ब विद्यार्थी समाजका सल्लाहकार शेखर निरौला ले जानकारी दिए ।

कार्यक्रम संचालन पुर्ब विद्यार्थी समाजका प्रतिनिधि कृष्णमान चौधरीले गरेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *