नेकपा माओवादी केन्द्र एक नम्बर प्रदेश सम्मेलन सकिएको छ । १४ वटा जिल्ला र गैह्रभौगोलिक जिल्ला समेत गरेर ११ सय भन्दा धेरै प्रतिनिधि उपस्थित भयर मोरङको सुन्दर हरैचामा प्रथम एतिहासिक अधिबेशन सप्पन्न भएको हो । ।उदयपुर जिल्लामा विभिन्न सामानुपातिक रूपमा कलस्टर समेत गरेर १७ जना निर्वाचित भएको छ्न । पुर्वको बेलका नगरपालिकाबाट युवा नेता तथा बौद्धिक ,बिकासप्रेमी युवा गत स्थानीय तहको चुनावमा माओवादी बाट प्रत्यासी उम्मेद्बार रमण भट्टराई सदस्यमा निर्वाचित भएको हुन।
यसअघि नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको थियो । तर अध्यक्ष र पदाधिकारीमा भने सहमति जुट्न सकेको थिएन । अब बन्ने अध्यक्ष र पदाधिकारीको चयन सदस्यहरुबाट गरिनेछ ।
प्रदेश अध्यक्षको दौडमा वर्तमान अध्यक्ष सुरेशकुमार राई, सचिव हेमराज भण्डारी, केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो र सुदन किराँती छन् ।प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ ।


