बेलका नगरपालिका वार्ड न -४ मा रहेको सिसुवाटोल विकास सस्थाको बार्षिक साधरण सभा सप्पन्न भएको छ ।

सिसुवाटोल विकास सस्थाकि अध्यक्ष माया ओलि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख दुर्गा कुमार थापा ,उपप्रमुख राजकुमारी चौधरी ,वार्ड न -४ का अध्यक्ष दिपक दङ्गाल लगायत विभिन्न टोल बिकास सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितमा सम्पन्न भएको हो ।

जम्मा ५६ घर रहेको टोल बिकासमा स्थापन भय देखि हाल सम्मका टोलबिकास सस्थाले गरेको काम कार्वाहीको बारेमा सस्थाकि अध्यक्ष माया ओलि कोइराला ले उपस्थित सभामा प्रस्तुत गरेकी थिइन।
सस्थाले आफ्नो टोलबिकासका नागरिकको लागि दैनिक जिवनमा आइपर्ने तथा रणनैतिक किसिममा दीर्घकालीन बिकासको काम गर्दै आएको बताइन कोइरालाले ।
टोलबिकास भित्र रहेका आफ्ना सदस्यलाई पर्दा राहत होस ,मास्क बितरण, सहयोग बितरण , कृषकलाइ कृषि सामग्री बितरण गरिएको बताइन।
” 
बिपत्तिमा साहारा,समस्यामा निकास
हाम्रो चाहना सामाजिक विकास” भन्ने मुल नाराका साथ् भएको सभामा अध्यक्ष कोइरालाले नगरपालिका तथा वार्ड कार्यलय सग सस्थाको बिकासको लागि एउटा भवन लगायत महिलालाई आत्मनिर्भर बनाउन सिप तथा स्वरोजगार वन्न तालीम माग गरिन । सस्थाको भवन बनाउ जग्गा प्राप्ति भैसकेको हुदा भवन बनाउन अपिल गरिन।
सस्थाको आफ्नो आय- ब्यय समेत प्रसतुत गरिएको हो जहाँ विभिन्न शीर्षक बाट आम्दानी २,०७,७०० अक्षेरी दुई लाख सात हजार सात सय आम्दानी भएको हो ।जहाँ १९५४९५ अक्षेरी एक लाख पन्चानब्बे हजार चार सय पन्चानब्बे रुपैया टोल बिकासको सदस्य लाई लगानी गरिएको बताइन।
कार्यक्रममा वर्ड अध्यक्ष दिपक दङ्गलले वार्ड्बाट गरिने सहयोग सधैव रहने र बाहिर बाट आएका बित्तीय लघुबित्तमा नलाग्न ,आफै बचत गर्ने र आफ्नो रकमको आफै मालिक बन्न आग्रह गरे।
नगरपालिका कि उपप्रमुख चौधरीलेसमेत आफ्नो भनाइ राखेकि थिइ
कार्यक्रममा प्रमुख अतिथि तथा मेयर थापाले आफ्नो गहकिलो भनाइ राखेका थिय । टोलबिकास बाट सेवा सुबिधा र नगरपालिकाले बनाएको जनताको लागि कानुनको बारेमा उपस्थित जनतालाइ बुझाएको हुन ।नगरपालिकाले राम्रो काम गर्नेलाइ सधै प्रोत्साहन गरेको र सधै सहयोग गर्ने बताय। नगरपालिकाले बाटो ,बिजुली ,खानेपानी ,शिक्षामा राम्रो सग लगानी गरेको र राम्रो परिणाम आएको बताय ! 
बार्षिक साधरण सभामा समिति पुनःगठन समेत भएको हो
जहाँ अध्यक्ष माया ओलि कोइराला ,सचिब रक्षा बुढाथोकि
कोषाअध्यक्ष मुना राना मगर र ९ सदस्य समिति बनेको हो ।


