NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा जाग्यो वाई सि एल नेपाल, नेपालको संयोजकत्वमा ३२

1 Mins read

चैत्र ३१, बेलका उदयपुर
नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) को भातृ संगठन योड० कम्युनिस्ट लिग (वाईसिएल) नेपाल को बेलका नगर कमिटी आज चैत्र ३१ मा गठन भएको छ।आदिवासी जनजाति सभाहल , रामपुरमा भएको भेलाबाट अनिल नेपालको संयोजकत्वमा ३२ सदस्यिय नगर कमिटी गठन भएको हो।
वाई सि एल नेपालको केन्द्रिय सचिव एबिराज राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले संयोजक नेपाल सहितको ससक्त जुझारु युवा दस्ता गठन गरिएको आयोजकले बतायो।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथी राईले सबैखाले अतिवादका बिरुद्ध वाईसिएल नेपाल गठन भएको र पार्टीलाई संकट परेको समयमा जस्तोसुकै परिस्थीतीमा पनि वाई सि एल पछाडी नहट्ने बताए।राईले देश नै अब वाईसिएल मय बन्दै गएको समेत बताए। उदयपुर वाईसिएल जिल्ला अध्यक्ष ज्ञानेन्द्र मगरले सबै युवाहरु अब प्रतिक्रान्तिकारीताका बिरुद्ध लाग्नुपर्ने बताए। जिल्ला ईन्चार्ज दिपक किरॉतीले माओवादी आन्दोलनका उपलब्धीलाई रक्षा गर्न सबै युवा जुट्नु पर्ने बताए।
नगर पार्टी अध्यक्ष मनोज तामाड०ले बाघ भएर पनि केही साथीहरु भेडाको बथानमा भेडा झै कराउदै हिडेकाले आफ्नो बर्ग र समुदायलाई भुलेको बताउदै अन्तत उनीहरुले आफुलाई चिन्नु पर्ने तर्क गरे।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य राकेस किरातीले अरुले पिठो बेचिरहे पनि माओवादीले आफ्नो बास्मती चामल पनि बेच्न नसकिरहेको बताए। नेता रमन भट्टराईले वारपारको स्थिति बनाउन अन्तत पार्टी चुनावमा जानुपर्ने तर्क गरे।
नगर पार्टी प्रबक्ता ललित राईले वाई सि एल नेपाललाई पुर्ववत स्वरुपमा फर्काउनु पर्ने र सबैखाले अन्याय र बेथितीको बिरुद्ध जाईं लाग्ने गरि कार्यक्रम बनाउन नगर समितीलाई सुझाव दिए।
नगर कमिटीका पदाधिकारीहरुलाई केन्द्रीय सचिव तथा प्रमुख अतिथी राईले सफथ ग्रहण गराएका थिए।अब यथासक्दो चाडै नै वार्ड कमिटी गठन संगै संगठन बिस्तार गरिने संयोजक नेपालले बताए।कार्यक्रममा युवा नेता भोजराज राई (आकास) ले स्वागत मन्तव्य राखेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *