NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

भचुवा रिङ्गरोडको कालोपत्रे शुरु

1 Mins read

बेलका नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको भचुवा रिङ्गरोडको पिचको काम शुरु भएको छ।
सोमबार औपचारिक कार्यक्रमका बिच बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले भचुवा रिङ्गरोडको सिलन्यास गरेका छन।

३ किलोमीटरको दुरि भएको रिङ्गरोड आर्थिक बर्ष ०७७/०७८ मा भने ४ सय ३६ मिटर कालोपत्रे हुने भएको छ।
मदन भन्डारी राजमार्ग छुदै नगरपालिकाको प्रसासनिक भवन बाट पुन पुस्पान्जली टोल बिकास संस्था बाट मदन भन्डारी राजमार्गमा निस्कने छ।

सिलन्यास कार्यक्रममा बोल्दै बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरपालिकाले ०७४/०७५ को आर्थिक बर्षमा प्रत्येक वडामा गौरबको आयोजना अनुरुप सडकको ट्रायाक खोल्ने स्तर उन्नति गर्ने काम गरेकोले त्यसैको प्रतिफल स्वरुम आज भचुवा रिङ्गरोड कालोपत्रे हुने भएको बताएका छन।
बेलका नगरपालिका भरीका साखा बाटोमा आर्थिक बर्ष ०७७/०७८ भित्र करिब ४३ किलोमिटर बाटो कालोपत्रे हुने समेत मेयर थापाले दाबी गरेका छन।

निर्माण कम्पनीले धेरै बिलोमा ठेक्का पारेकोले गुणस्तरीय काम गर्न मेयर थापाले अनुरोध गरेका छन। काममा गुणस्तर नभए ठेक्का रद्द गर्ने बताउदै मेयर थापाले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको भचुवा रिङ्गरोडको कालोपत्रे शुरु भए सङै बेलका नगरपालिका वडा नं ६ को विभिन्न स्थान साथै भोजपुरको घारे घाट जोड्ने सडक भएकाले स्थानियले प्रत्यक्ष लाभ लिन सक्ने बताए।
मेयर थापाले बड्दो बजारिकरण सङै पहाडी भेगमा उत्पादित कृषिजन्य मालसामान बिक्री गर्न सडकको स्तर उन्नति भए सङै सहज हुने बताएका छन।

१४ मिटर चौडाई र ३ किलोमीटर लम्बाई रहेको रिङ्ग रोडको पहिलो चरणमा ४ सय ३६ मिटर कालोपत्रे हुने इन्जिनियर रमेश कार्किले बताए।

सडक दुई लेनको हुनेछ। बिच भागमा फुलबारी सहित पैदलयात्रिको लागि फुटपाथको भाग समेत रहने इन्जिनियर कार्किले बताए।

मु अ कर सहित डि.आर. के.बाहिङ्ग जे भिले ६७ लाख ८२ हजार १ सय ९७ रुपैयाँमा काम गर्ने जिम्मा पाएको छ । असार २५ सम्म काम सप्पन्न गर्ने समय भएकाले समय अगाबै निर्माण कार्य सम्पन्न गर्ने डि.आर. के.बाहिङ्ग जे भिका प्रोपाइटर दिनेश खतिवडाले बताए।

स्थानीय निर्वाचन पश्चात् निर्वाचित जन प्रतिनिधिले बेलका नगरपालिकालाई पहिलो बर्ष सडक बर्षको रुपमा मनाएका
थियो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *