NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

गाउँमा सडक बिस्तार हुदा स्थानीय हर्षित

1 Mins read

बेलका नगरपालिका वडा नं ६ को विकट बस्तीको रुपमा रहेको सुकुम्ला,कयाकुरि,पिक्मिरे लगायतका स्थानमा सडकको नयाँ ट्याक खुले सङै स्थानिय गाउँ सडक सन्जालमा जोडिएको छ।

बेलका नगरपालिकाको १५ लाख लागतमा ३ किलोमीटर सडकको ट्राक खोलिए पछि स्थानीय हर्षित बनेका छन। सडक सन्जालले अब बेलका ७ को मैनामैनिलाई समेत छुने भएको छ।

निर्माण सम्पन्न भएको सडकको मंगलबार औपचारिक कार्यक्रमका बिच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राजकुमारी चौधरीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन।

उद्घाटन कार्यक्रमा बोल्दै बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरपालिकाकै दुर्गम र बिकट रहेको स्थानमा आधारभुत आवस्यकता बाटो,बिजुली, खानेपानी, स्वास्थ्य संस्था लगायतको अभाव थियो। हामी निर्वाचित भए पश्चात् सडक सङ्ग स्थानियलाई जोडेका छौं, खानेपानीको दुर्गामी ब्याबस्था गर्न सोलार लिफ्टिङ्ग द्वारा खाएपानीको काम आउने आर्थिक बर्ष ०७८/०८९ बाट शुरु हुने मेयर थापाले बताए।
भौगोलिक हिसाबले समेत बिकट रहेको उक्त स्थानमा पर्यटकिय हिसाबले भने टंकेला गुफा, सितारानी भिर, रानी झर्ना,लागायतका पर्यटकिय स्थान रहेकाले अब छिट्टै बिधुत , खानेपानी लगायतका आधारभुत आवस्यकताको ब्याबस्था गर्ने समेत मेयर थापाले बताए।

अति विकट स्थान भएकाले वडाले सन्चालन गरेको निशुल्क सुरक्षित मातृत्व एम्बुलेन्स सेवा वाट समेत बन्चित रहेका स्थानियलाई सडक सन्चालन सङै फाइदा पुग्ने बेलका नगरपालिका नगर उप प्रमुख राजकुमारी चौधरीले बताइन।
निर्माणाधीन सडको स्तरउन्नति लगायतका काम आउने आर्थिक बर्षमा निरन्तरता दिने उप प्रमुख चौधरिले बताईन।

वडा नं ६ को गौरबको आयोजना भएकाले सडक निर्माण पश्चात् वडा नं ६ को सबै गाउबस्ती सडक सन्जालमा जोडिएको बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरले बताए। अति बिपन्न र जनजाती बस्ती भएकाले सडक सन्जाल बिस्तार पश्चात स्थानी हर्षित भएको बताउदै अध्यक्ष मगरले बाटोको दिगो बिकास र मर्मत संभारमा वडाले प्रभावकारी निर्णय गर्ने समेत बताए।

सडक सन्चालनमा आए सङै स्थानिय स्तरमा उत्पादित अदुवा, अम्लिसो, सुन्तला, खुर्सानी लगायतका कृषि जन्य मालसमान रामपुर बजार लगायतका स्थानमा ढुबानी गर्न सहज हुने बेलका नगरपालिका वडा नं ६ का वडा सदस्य कुबेर मगरले बताए।
४३ घर धुरी रहेको उक्त स्थानमा सडक जोडिए सङै स्थानिय उत्पादित समान लगायत स्थानियको दिनचर्यामा सहज हुने बिस्वास लिएको स्थानी बासीले बताएका छन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *