NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डिको बिरेन्द्रबजारमा आगोलागी करोडौंको क्षति

1 Mins read

बेल्टार/वैशाख २६। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं. ८ वीरेन्द्र बजार स्थित आगलागी हुँदा ५ वटा घर जलेर ध्वस्त भएको छ । उक्त आगलागीमा स्थानीयको करिव २ करोड बढी क्षतिसमेत भएको छ ।

आज (आईतबार) विहान ३ः२५ बजे कला राईको घरको विद्युत शर्ट भइ आगलागी हुँदा स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

आगलागी भएको ५ वटै घरमा किराना पसल भएकोले प्रतिपरिवार ४० देखि ५० लाखसम्म क्षति भएको प्रहरी तथा स्थानीयले अनुमान गरेको छ्न ।

यद्यपी क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिएको छन । जलेका घरहरू ईटा र काठपात जोडेर बनाईएको घरहरु जस्तापाताले छाएका थिए ।

अचानक भएको आगलागीमा पीडितहरूकाे खाद्यान्न, लत्ताकपडा, सुन चाँदी, नगद रुपैयाँ, फ्रिज, टेलिभिजन, मोवाईल सेटहरु अन्य महत्वपूर्ण कागजातहरुसमेत जलेर नष्ट भएको वडा सदस्य वासुदेव राईले जानकारी दिए ।

मानवीय क्षति नभएको घटनामा स्थानीय केशव नेपाली र लालबहादुर राईको १÷१ वटा मोटरसाईकलमा क्षति पुगेको उनले बताए । स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले लागोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पीडितहरुमध्ये विक्रम राईको घरमा अर्का मुना राईको परिवारसहित बस्दै आएका थिए भने कृष्ण मगरको घरमा दाङखाली राई भनिने भूपाल राईको आमाले भाडामा लिइ पसल गरी बस्दै आएका थिए ।

सो क्षत्रमा अधिकांश स्थानीयको घरहरू काठपात , इटा या काठ जाेडेर जस्ताले छाएकाे घरहरू नै निर्माण भएका छन् । घर जलेपछी बिचली भएको परिबारलाइ आर्थिक सहयोग गर्न सम्पुर्ण महानुभाबलाइ अनुरोध गरेको छ्न स्थानीय युवा बिबस चाम्लिङले ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *