कोरोनाको बढ्दो संक्रमणलाइ रोक्न , बेलका नगरपालिका लगायत अन्य ठाउबाट रोजगारको लागि स्वदेश तथा बिदेशमा रहने युवाहरुले बेलका नगरपालिकाको रामपुर बजारमा स्वास्थ सामग्री राखेका छ्न।
रामपुर परेली नामको सामाजिक सन्जाल बाट ग्रुप बनायर विभिन्न मुलुकमा बस्ने युवाहरूको सहयोगमा कोरोनालाइ रोक्न ,सर्न नदिन , हिलटेङ्क ,स्यानिटाइजर ,मास्क लगायत अन्य सामग्री बितरण गरिएको वताए अभियन्ता सागर धमलाले ।
यश अगाडि पनि गतसाल यश सस्थाले कोरोनाको रोक थाम गर्नको लागि विभिन्न कार्यक्रम गरेको हो ।भने असाहय ,अपांग, कलाकार हरुलाइ पनि सहयोग गर्दै आएको बताय रामपुर परेलिका प्रमुख उमेस बस्नेतले ।
पछिल्लो समय रामपुर परेली बाट जनचेतनामूलक कार्यक्रम ,खबरदारी ,खोज अनुसन्धान ,बिकासको सवालमा बेलका नगरपालिकाको चासो राख्दै आएको ग्रुप सस्था हो !
सुरुमा बेलका नगरपालिकाको प्रमुख केन्द्र रामपुर बजारमा राखिएको र कोसिपुल देखि आम्बासी सम्म स्वास्थ सामग्री लगायत अन्य आवश्यक पर्ने कोरोनाको रोकथाम गर्ने औसधि बाढ्ने बताय अभियन्ता मनोज पान्डेले ।


