बिस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसले गर्दा भारतको बिहार राज्यस्थित मुंगर जिल्लामा विवाह गरेको ६ घण्टामै बेहुलीको मृत्यु भएको छ।
जिल्लाको महाखोला गाउँबाट बेहुला रन्जन यादब शनिबार बेहुली निसा कुमारीलाई लिन खुदिया गाउँ पुगेका थिए। कोरोना मापदण्डअनुसार सिमित मानिस मात्र विवाहमा सहभागी थिए।
विवाह गरेको केही घण्टामै बेहुलीलाई ज्वरो आएपछि तारापुरस्थित अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई भागलपुरस्थित अस्पतालका लागि रिफर गरिएको थियो। त्यहाँ पुर्याएको केही समयमै निशाको ज्यान गएको थियो। युवतीको मृत्युपछि बेहुला रन्जनले निसाको अन्तिम संस्कार गरेका छन्। (देससन्चारबाट )


