NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

विरेन्द्रबजारको आगोलागी पीडितको लागि उठ्यो दुई लाख पाँच सय छपन्न रुपैया सहयोग

1 Mins read

/वैशाख २७/ उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं. ८ वीरेन्द्र बजार स्थित आगलागी हुँदा ५ वटा घर जलेर ध्वस्त भएको छ । उक्त आगलागीमा स्थानीयको करिव २ करोड बढी क्षतिसमेत भएको छ ।

आज (आईतबार) विहान ३ः२५ बजे कला राईको घरको विद्युत शर्ट भइ आगलागी हुँदा स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

आगलागी भएको ५ वटै घरमा किराना पसल भएकोले प्रतिपरिवार ५० देखि ५५ लाखसम्म क्षति भएको प्रहरी तथा स्थानीयले अनुमान गरेको छन ।

। जलेका घरहरू ईटा र काठपात जोडेर बनाईएको घरहरु जस्तापाताले छाएका थिए ।

अचानक भएको आगलागीमा पीडितहरूकाे खाद्यान्न, लत्ताकपडा, सुन चाँदी, नगद रुपैयाँ, फ्रिज, टेलिभिजन, मोवाईल सेटहरु अन्य महत्वपूर्ण कागजातहरुसमेत जलेर नष्ट भएको वडा सदस्य वासुदेव राईले जानकारी दिए ।

मानवीय क्षति नभएको घटनामा स्थानीय केशव नेपाली र लालबहादुर राईको १÷१ वटा मोटरसाईकलमा क्षति पुगेको उनले बताए । स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले लागोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

पीडितहरुमध्ये विक्रम राईको घरमा अर्का मुना राईको परिवारसहित  बस्दै आएका थिए भने कृष्ण मगरको घरमा दाङखाली राई भनिने भूपाल राईको आमाले भाडामा लिइ पसल गरी बस्दै आएका थिए ।

आगोलागि पीडित परिबारलाइ चौदन्डी नगरपालिकाको तर्फबाट नगरप्रमुख खगेन्द्र राई , उपप्रमुख रिता कुमारी चौधरी ,प्रमुख प्रशासकिय अधिकृत धुर्बराज आचर्य लगायतको नगरपालिका बाट गएर पीडित परिबारलाइ ३ लाखको दरले राहत दिने प्रतिबद्धता व्यक्त गरे भने आज तत्काल लत्ता कपडा ,चामल ,नुन लगायत आवश्यक सामग्री पीडित परिबारलाइ हस्तान्तरण गरेका छ्न

सो क्षेत्रमा अधिकांश स्थानीयको घरहरू काठपात , इटा या काठ जाेडेर  जस्ताले छाएकाे घरहरू नै निर्माण भएका छन् ! आगो पीडितलाई तत्काल राहतको ब्यब्सथा गर्नको लागि स्थानीय ब्यापारी ,सहयोगिको सहयोगमा जम्मा
३१५६० हजार रुपैया ५२६० को दरले बाडिएको बताय राहत ब्यबस्थापन समितिका संयोजक बिबस चाम्लिङले । त्यसैगरी लायन्स क्लब चौदनडिले पनि अग्निपीडित लाई तत्काल राहत दिएको छ जस्मा म्याट,तन्ना सिराने,ब्ल्याङकेट दिएको बताय लायन्स क्लब चौदन्डिका सदस्य दिपेन कोयुले ।

यश भबितब्यमा चौदन्डीबासी तथा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई सहयोग गर्न अनुरोध व्यक्त गरेको छ्न राहत ब्यबस्थापन समितिका संयोजक बिबस चाम्लिले।
चाम्लिङले भने चौदन्डि नगरपालिका कोरोना सग संघर्ष गरिरहेको अवस्थामा आगोलागी भएकोमा दुख व्यक्त गर्दै सकेको सहयोग गरेर मानबिय धर्म निभाउन हार्दिक अनुरोध समेत गरेको छन ।
जहाँ केही समय अगाडि भएको खुल्ला भलिबल प्रतियोगिताबाट बचेको केही रकम १९५०० बराबरको रकम बाट ग्यास बितरण समेत गरिएको छ।

त्यसैगरी आज सोमबार सम्म दुइ लाख पाँच सय छ्पन्न रुपैया उठाइसकेको बताय सल्लाहकार समिति सदस्य असोक कुमार राइले ! उठने क्रम जारी रहेको बताय सम्योजक बिबस चाम्लिङले ।
यस बिपत्तिमा सहयोग गर्न सबै सहयोगि हातहरुलाइ आग्रह समेत गरेका छ्न समिति सल्लाहकार सदस्य अम्बर बहादुर राइले र सहयोग गर्ने सबै सहयोगिहरुलाई धन्यवाद व्यक्त गरेका हुन !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *