उदयपुर जिल्लाको बेलका नगरपालिकामा संचालित महिला सुरक्षा आवास लाई सामाजिक बिकास मन्त्रालयको सहयोग र ओरेक नेपालको आयोजनामा विभिन्न उपकरण तथा खाध्यान्न सामाग्री हस्तान्तरण गरेको छ।

बितरण गरिएको सामाग्रीमा ल्यापटप , पृन्ट्रर , इन्भटर, बेड, सिरक , डसना, चिनी दाल लगायतका सामाग्री रहेका छन।
स्थापना काल देखिनै हिंसामा परेका महिलालाई न्याय दिलाउन तथा आत्मनिर्भर बनाउन सक्रिय रहेको महिला सुरक्षा आवासले हाल सम्म ८० जना हिंसा पिडित महिलालाई उद्दार गरेको बेलका नगरपालिका मनो सामाजिक कार्यकर्ता जानुका दंगालले बताइन।
लामो समय देखि महिलाको क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएको ओरेक नेपाललाई धन्यवाद दिदै बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले हिंसामा परेका महिलाको उद्दार गरि उनिहरुको जिबिको पार्जन सहज बनाउनको लागि बेलका नगरपालिकाले आवस्यक तालिम प्रदान गरि उधमी बन्न समेत प्रोत्साहन गर्ने गरेको बताइन।
ओरेक नेपालले बेलका नगरपालिकामा हिंसामा परेका महिलाको उद्दारको क्षेत्रमा खेलेको भुमिकाले आफू खुशी रहेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले खुशी ब्यक्त गरेका छन।
बेलका नगरपालिकाले आगामी दिनमा महिला सुरक्षा आवासलाई थप ब्याबस्थित बनाई अगाडि बढाउने प्रतिबद्धता समेत ब्याक्त गरेका छन।


