त्रियुगा नगपालिका वडा नं. १३ , असारी निवास थुम प्रसाद कटेल (शर्मा) को नाति तेज प्रसाद शर्माको छोरा वर्ष ३३ को विकास कटेललाई उदयपुरको भाग्य न्यौपाने उपनामले चर्चित छ । त्रियुगा नगरपालिका वडा नं. १३ अन्गर्गत पर्ने हवाई फिल्ड (तरकारी बजार),असारी, दनवारी, लक्ष्मिपुर, पोर्ताहा, ढिक टोल ( ज्योति टोल), स्कुल टोल, भातिखर्क, बहेडवामा चर्चित लोकप्रिय नाम हो विकास कटेल । सामान्य जिवन शैलि, ईमान्दार, मिजासिलो, मिलनसार, खुल्ला आकाश झै हृदय भएको एक मात्र युवा हो विकास कटेल । गरिब, असहायहरुको सारथीको रुपमा चर्चित नाम हो विकास कटेल 
। जसरी भाग्य न्यौपाने गरिब असहायहरुको सारथीको रुपमा नेपालमा मात्र होईन संसार भरि चर्चित छ । त्यसरी नै विकास कटेलको समाज सेवा प्रतिको लगावको कारण त्रियुगा नगरपालिकामा मात्र होईन उदयपुर जिल्लामा नै समाज सेविको रुपमा चर्चित छ । उनि समाजमा रहेको गरिव, असाहयहरुको सेवामा समर्पित रहेको कुरा साना साना बालबालिका देखि युवा, वृद्ध वृद्धाहरुले प्रसंशा गरेको सुन्न पाईन्छ । विकास कटेल उदयपुरको भाग्य न्यौपाने यसरी भएको हो । आ.ब. २०७७।२०७८ मा कोभिड १९ को महामारीको कारण विश्व नै भयावह अवस्थामा रहेको बेला विकास कटेलले आफ्नो व्यक्तिगत लगानिमा त्रियुगा नगरपालिका भित्र रहेको ८७ घरधुरीलाई अति आवश्यक खाधान्न वितरण गरेर भोक भौकै रहेको जनताहरुलाई राहत वितरण गरेर नेपाल सरकारले समेत गर्न नसकेको काम गरेको थियो । त्यति मात्र होईन त्रि .न.पा. १३, निवासी डम्बर बहादुर मगर वाईक दुर्घटनामा परि दुबै हात खुट्टा नचल्ने अवस्थामा रहेको बेला विकासले रु. १५०००। सहयोगी गरी डम्वर बहादुरमगरको उपचार गर्न मद्त गरेको हो । बहेड्वा निवास दुवै मृगौला पिडित प्रथम कुमार चौधरीलाई उपचारको लागि आर्थिक सहयोग गरेको कुरा मृगौला पिडितको भाउजु प्रभा कुमारी चौधरीले बताईन । असारी, दनवारीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको पर्यटन प्रवर्घनको लागी आर्थिक सहयोग गरेको कुरा पुजारी शम्भ कार्किले बताउनु हुन्छ । साँस्कृतिक कार्यक्रम, खेलकुदको विकासको लागि पनि सकेको सहयोग गर्ने गरेको कुरा असारी निवासी युवा नेता राजेन राई (राजेन्द्र) बताउनु हुन्छ । त्रियुगा नगरपालिका भित्र रहेको गरिब, दलित, असाहय, विपन्न वर्गको बालबालिकाहरु पहिचान गरि ० देखि १० कक्षा सम्म अभिभावक सरह बनेर पढाउने योजना रहेको तर कोभिड १९ को कारण विधालय बन्द रहेकोले बिधालय संचालनमा आउने वितिक्कै अभिभावक बनेर बालबालिकाहरुलाई पढाउने ईच्छा रहेको र मसँग प्रतिवद्धता समेत विकासले गरेको कुरा लक्ष्मिपुर पोर्ताहा उच्च मावि व्यवस्थापन समिति त्रि.न.पा. १३ को अध्यक्ष समुन्द्रि प्रसाद चौधरी भन्नु हुन्छ । विकाससँगको भलाकुसारीमा सोधिएको प्रश्नको जवाफ यसरी दिनुहुन्छ । तपाई किन समाज सेवा गर्नु हुन्छ ? विकासको जवाफ मरेर लानु के छ र ? जिवन आज छ भोलि छैन । समाज सेवा गर्नु मेरो जिवनको लक्ष्य हो । अब म बाँचुन्जेल समाज सेवा खुलेरै गर्ने हो भन्नु हुन्छ ।



