रामपुर बजारमा चिप्ले किरा खादा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका वडा नम्बर ९ कमलाबारी बस्ने बर्ष ६१ का गणेश बहादुर सार्कि रहेका छन।
आर्थिक स्थिती कमजोर भएका उनी आफ्नो जीविकोपार्जन का लागी ज्यालामजदुरी गर्दै आइरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार चिप्ले किरा को साइज ठुलो भएको कारण खादा अड्किएर मृत्यु भएको जनाइएको छ। रामपुर बजारमा बर्खाको समयमा बबला क्षेत्रबाट चिप्ले किरा बेच्न लियाउछ्न ।
मृतकको चिप्ले किरा खाएको कारणले नै मृत्यु भएको हो या हैन भन्ने पोस्टमार्टम पछि पत्ता लाग्ने रामपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेज दाहालले जानकारी दिए । शब पोस्टमार्टमको लागि धरान लगिएको छ ।
चिप्ले किरा लाइ पहिले देखीनै औषधि को रुपमा खाने चलन रहेकाले अधिकांस मानीसले खाने गरेका छ्न। हाडजोर्नी ,टुटेफुटेको ,दुखाइ कम गर्न र इम्युनिटी पावर (शारीरिक शक्ति बढाउन यस्को
प्रयोग ग्रामीण भेगमा गरिनछ । यसरी चिप्ले किरा खादा मृत्यु भएको भने यो पहिलो घटना हुन सक्छ।


