बेलका/ श्रावण ३२
उदयपुर जिल्लाको बेलका नगरपालिकामा नमूना पोषण घर बगैंचा कार्यक्रम प्रभाकारी बन्दै गएको छ। बेलका नगरपालिकाको सवै वडामा सन्चालित कार्यक्रम बाट किसानहरु लाई प्रत्यक्ष लाभ हुने गरेको छ।
विभिन्न साझेदारी संस्था लि- वर्ड सामर्थ्य परियोजना , राष्ट्रिय कृषक महासंघ , केयर नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बेलका नगरमा हाल १सय ११ घर परिवारमा नमूना पोषण घर बगैंचा कार्यक्रम सन्चालन भै रहेको छ।
किसान लाई स्वास्थ्य , सबल र सक्षम बनाउने उदेश्यले बेलका नगरपालिकाले बिगत ३ बर्ष देखि नमुना पोषण घर बगैंचा कार्यक्रम सन्चालन गरि रहेको छ।
बेलका नगरपालिकाको आयोजनामा २ दिन सम्म सन्चालन हुने नमुना पोषण घर बगैंचा निर्माणका सहभागी अगुवा कृषकलाई पुन जागृती तालिमलाई सम्बोधन गर्दै बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले किषानलाई आवस्यक पर्ने तरकारी, माछा , कुखुरा,परेवा , बगैंचा निर्माण गरि उदाहरणिय किशान बन्न सबै बेलका बासिलाई अनुरोध गरेका छन।
बेलका नगरपालिकाले कृषिलाई गुणस्तरीय र आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व बढाउन आधुनिक यन्त्र उपकरण मार्फत बेलका नगरपालिकामा काम भै रहेको मेयर थापाले बताएका छन।
कस्टम हाएरिङ्ग मार्फत सुलभ मुल्यमा किसानलाई खनजोत गर्न ट्राक्टर बितरण गरेका छौँ , युवा स्वोरोजगार मार्फत सुलभ दरमा कृषि ऋण बितरण कृषि खेतिलाई वर्गीकरण गरि पकेट , जोन , सुपर जोन , क्षेत्र घोषण गरि किसानलाई बीउ बिजन, मल, उपकरण हस्तान्तरण गरेको मेयर थापाले बताएका छन।
बेलका नगरपालिकाले आगामी कार्यक्रममा नमुना पोषण टोल बिकास कार्यक्रम सन्चालन गर्ने राष्ट्रिय कृषक महासंघ बेलका नगर अध्यक्ष नारद निरौलाले जानकारि दिए।


