कृष्णमान चौधरी /भदौ ४
बेलका नगरपालिका वडा न १ , प्रगतिटोलमा ४दिने आधारभूत होमस्टे कार्यक्रम समापन भएको छ। उक्त कार्यक्रममा बेलका नगरपालिका वडा न. १ , २ र ६ मा सन्चालनमा रहेको होमस्टेका संचालक सदस्य लगायत ३० जनाले आधारभूत तालीम लिएका छन। कार्यक्रम २०७८/०५/०१ गते मंगलबार सुरु भएको थियो।कार्यक्रमको आयोजना तथा सहयोग सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय ,तारा गाउँ बिकास समिती मध्य बानेश्वर काठमाडौले गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा,बिशेष अतिथिहरु बे.न.पा वडा न २ का वडा अध्यक्ष मिश्रिलाल चौधरी,बे .न.पा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला अतिथिहरु तपेश्वरी मध्यबर्ती उपभोक्ता समितीका अध्यक्ष जङ्ग बहादुर खडका,तालिम संयोजक/प्रशिक्षक घनश्याम ढकाल,सामुदायिक बन महासंघ प्रदेश सदस्य टंक बहादुर तामाङ्ग,तपेश्वरी स्वास्थ चौकी प्रमुख श्रबन चौधरी,नव सार्वजनिक यूवा क्लबका प्रतिनिधि कृष्णमान चौधरी ,थारु संग्रहालय ब्यबस्थापन समितिका अध्यक्ष मिश्रिकान्त चौधरी,अमरज्योती सा.ब.उ समितिका अध्यक्ष गणेश अधिकारी,बेलका जनशक्ति सा.ब.उ समितिका अध्यक्ष बश्रुपन चौधरी ,इलाका सब डिभिजन बन का अधिकृत बिनोद कुमार शाह,पाक कला प्रशिक्षक विशाल तामाङ्ग/सन्तोष थापा मगर को उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य तपेश्वरी होमस्टेका कोषाध्यक्ष दुर्गा प्रसाद नेपालले अतिथी गणहरुलाइ स्वागत गरेका थिए।
कार्यक्रममा मन्तब्य तालिम प्रशिक्षार्थी अनिता कुमारी चौधरी,राजन प्रसाद आचार्य र पाक शिक्षाका प्रशिक्षक विशाल तामाङ्गले राखेका थिए । कार्यक्रम निकै उपलब्धि मूलक भएको चौधरी अनिताले बताइन।त्यसैगरी यो कार्यक्रममा धेरै कुराको जानकारी भएको र तपेश्वरी होमस्टेमा पर्यटकको लागि मनोरञ्जन गराउने भबन नभएको र सो प्रती स्थानीय सरकारलाई ध्यान केन्द्रीत राजेन्द्र प्रसाद आचार्यले गराए। तालिममा कुशलता पूर्बक सफल भएको र तालिम अबधि भरी सम्पूर्ण सहभागी अनुशासन भइ तालिममा लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख दुर्गा कुमार थापाले आफूले सक्दो साथ र सहयोग सधै रहने बताए । मेयर थापाले पर्या/पर्यटन दिगो बनाउने लक्ष्य रहेको र गत बर्ष १३ वटा घरमा घर बगैंचा कार्यक्रम सम्पन्न भएको र यो साल पनि ५० घरमा घर बगैचा कार्यक्रम गर्ने लक्ष्य रहेको बताए।मेयर थापाले होम स्टेमा आबत जाबत गर्न बाटोको समेत बिस्तार गर्ने तथा पर्यटनका लागि प्रत्येक साल ५०/६० लाख बजेट बिनियोजन गरेको बताए। बेलका नगरमा हाल २४ वटा क्षेत्र लाई पर्यटन क्षेत्र रहेको बताए।
कार्यक्रमको समापन तपेश्वरी मध्यबर्ती सामुदायिक होमस्टेका अध्यक्ष नन्दिलाल चौधरीले गरेका थिए ।अध्यक्ष चौधरीले स्थानीय सरकारको साथ र सहयोगले होमस्टे कार्यक्रम सन्चालन गर्न सफल भएको बताए।हाल बेलका न.पा वडा न १ मा ५ वटा , वडा न २ मा ८ वटा त्यसैगरी बेलका ६ मा ७ ओटा गरी जम्मा १९ वटा होमस्टे सन्चालनमा रहेको अध्यक्ष चौधरीले जानकारी दिए।होम स्टे गत बर्ष नै दर्ता भएको समेत जानकारी दिए।हाल बेलका २ का कोशि टप्पु .ब.ज.आ र थारु संग्रहालय पनि एक प्रमुख पर्यटनको रुपमा रहेको बताए।अबको दिनमा होम स्टेका लागि प्रचार भएमा राम्रो आम्दानी हुन सक्ने बताए । उहाले होम स्टेमा बस्दा पाहुनाहरुले अडर गरेको जस्तै खाना खाजा हुने कुरा समेत जानकारी दिए।साथै होम स्टेका लागि एउटा छुट्टै भबनको अभाव भएको कारणले पर्यटकहरुलाइ आफ्नो सस्कृती/ पहिचान अनुसारको मनोरञ्जन गराउन गाह्रो भएको बताए ।यो आधारभूत तालिममा जम्मा ३९ परिकारका खानेकुरा बनाउन सिकेको र सो छिट्टै नै कार्यन्यनमा ल्याउने कुरा अध्यक्ष चौधरीले जानकारी दिए।


