NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

जता ततै महिला हिंसा र बाल हिंसाको घटना कहिले सम्म?

1 Mins read

निरु घिमिरे /
आजको समयमा दिनहुुँजसो पत्रपत्रिका, रेडियो , टेलिभिजन खोलेर हेर्ने होभने एक न एक महिला हिंसा ,बलात्कारका घटनाका समाचार पढ्न,सुन्न र हेर्न पाइन्छन। दिनहुुँ हुने येस्ता घट्नाले सन्चार माध्यममा सदैव छाइरहेका हुन्छन।धेरै जसो पत्रपत्रिका हेर्ने हो भने जहाँकहि महिला हिंसालाइ स्थान दिएको पाइन्छ।हाम्रो देशमा प्राय महिला हिंसा र उत्पीडनका घटना अहिले सन्चार माध्यमको शिर्ष स्थानमा भेटिन्छन् ।अहिलेको परिपेक्षमा हेर्ने हो भने त कतिपय महिला हिंसा वा बलात्कारका घटनाले त येति उग्र रुप लिएको छ कि ,कुनैकुनै घट्नाहरु त देशभरिका सन्चार माध्यममा एकैपटक प्रसारण भएको पाइन्छ। जस्तो निर्मला पन्त, सम्झना बिक, भागिरथि भट्ट जस्ता बालिकाहरु माथि भएको बलात्कारपछिको हत्या र सार्बजनिक यातायातमा भएको यौन हिंसा । यि-एस्ता घटनाहरुलाइ थुप्रै समाचार माध्यमले समेटेका छन। तर समाचारमा शिर्ष स्थान पाएका ति चेलीहरु लगाएत थुप्रै पीडित महिलाहरुको न्याय भने अत्तोपत्तो छैन। समाचारलाइ देशब्यापि बनाउने यि तमाम सन्चार माध्यमहरुले पीडितको न्यायका लागि भने अहिलेसम्म सरकार समक्ष गतिलो दबाब सिर्जना गर्न भने अलि चुकेको हो कि भन्ने भान हुन्छ।
जुनसुकै उमेर समुहका महिलामाथि हुने गम्भीर किसिमका हिंसाका समाचार प्रसारणमा गोपनियता कायम गरिनुपर्छ ,बिशेषत: बलात्कारजन्य घटना तथा बेचबिखनमा परेका महिलाहरु। गोपनियता कायम नहुदा र सामाजिक संजालभरि ति पीडितका तस्बिरलाइ छ्याप्छ्याप्ति पारेर अनेक-अनेक टिकाटिप्पणि गरिदा पीडितहरुले अझ दोहोरो पिडा खेपेको पाइन्छ।विभिन्न किसिमका प्रबिधिको प्रयोग र त्याहा हुने उस्तैखाले उचश्रृङखल सामाग्रीका कारण आज कयौं युवाहरुको मस्तिष्कमा पैदा हुने नकारात्मक सोच पनि येस्ताखाले घटनाको कारक तत्व बनिरहेको पाइन्छ। जतिजति प्रबिधिको विकास हुदै जादैछ उतिउति आजको युवापुस्तामा प्रायः येस्ले बिकराल अवस्था पैदा गरेको छ। सामाजिक संजालमा हेर्ने हो भने दिनभरिमा लगभग १० औ बलात्कार र हिंसाका घटनाको समाचार आउछ्न।
आफ्नै बाबु तथा काका बाट नाबालक छोरि बलत्कृत , शिक्षकबाट विद्यार्थीमाथि यौन हिंसा , हाकिमबाट महिला कर्मचारीमाथिको दुव्र्यवहार यि येस्ता घट्नाले हाम्रो समाजलाइ कता डोर्‍याउदै छ? साच्चै नै सोच्ने बेला आएको छ। संविधानमा महिला अधिकार र बाल अधिकार त सुनिश्चित गरियो तर यि येस्ता घटनाको उचित कानुन खै त?

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *