NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सप्तकोसी नदिले कटानी गरेसगै हजारौं घर जोखिममा

1 Mins read

सप्तकोसी नदीको उच्च वहाबका कारण उदयपुरको बेलका नगरपालिकाका ३ वडाका स्थानिय जोखिममा परेका छन् ।

एक हप्ता देखि लगातार परेको बर्षाका कारण सप्तकोसीले पश्चिम तर्फ धार परिबर्तन गर्दा नगर– पालिकाका वाडा नं २ , ३ , ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बताउनु भयो ।


सप्तकोसीको बाढीले सोबारे , डुम्रीबोटे , मसान घाट , धौरी टप्पु , चिलिमे , एबिसि , श्रीलंका टापु र रामनगरका २५ सय परिवार उच्च जोखिममा परेका हुन् ।

आइतबार दिउँसो बेलका नगरपालिकाको सभा हलमा उदयपुर जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठक निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका – ८ लाउरेको खोज परियोजनाबाट कटान गर्दै नदीको धार तथा बहाव नगरको २ , ३ , ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत धनजनको क्षतिलाइ मध्यनजर गर्दै तत्कालै बाध लगाउने , ह्याबि इकुमेन्ट प्रयोग गर्ने । सिचाइ डिभिजन संग नगरपालिकाको सहकार्यमा लन्चिङ ड्याम , स्यान्ट रकिङ र तारजालि भर्ने । कटानका संभावित क्षेत्रका स्थानीयलाई उद्दार तथा राहतको ब्यबस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गा कुमार थापाले बताउनु भयो । उहाँका अनुसार कोसी कटानका कारण बेलका नगरपालिकामा २५ सय घर परिवार रहेका छन । तत्कालीन ब्यबस्थाका लागि प्रदेस, संघ सरकार ,प्रहरी ,सेना तथा स्थानीयलाई अनुरोध गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *