अखिल क्रान्तिकारीको प्रथम त्रियुगा नगर सम्मेलन सप्पन्न भएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज भरत घिमिरेको प्रमुख आतिथ्यमा सम्पन भएको हो ।
देश संघीयतामा गैसकेपछि अखिल क्रान्तिकारीले आफ्नो सङ्ठन बिस्तारलाई तीब्र पारेको छ। केन्द्रिय सम्मेलन यहि असोज ८-१० सम्म काठमाडौं गर्ने भएको छ ।

प्रथम नगर भेलामा माओवादी केन्द्रका नेता किरण राई , माओवादी केन्द्र त्रियुगा नगर कमिटीका सचीव अजिता , जिल्ला स्तरीय विद्यार्थी नेताहरुको उपस्थितिमा पार्टी कार्यलयमा सम्मेलन गरिएको हो।
करिब १०० भन्दा धेरै क्रान्तिकारी विद्यार्थीहरुको उपस्थितमा प्रथम सम्मेलन भएको हो ।कार्यक्रममा पार्टी नेता अजिता, किरण राइले महत्त्वपूर्ण भनाइ राखेका हुन भने प्रमुख अतिथि घिमिरेले विद्यार्थी सङ्ठन अबको कार्यभार र राष्ट्रिय ,अन्तर्राष्ट्रिय ,शैक्षिक सवालको बारेमा महत्त्वपूर्ण भनाइ राखेका हुन। जिल्ला अध्यक्ष बिमल कार्किले पनि विद्यार्थी राजनीति र समयसामयिक बिषयमा आफ्ना भनाइ राखेका हुन।
सम्मेलनमा अध्यक्ष सुबास बस्नेतको अध्यक्षतामा २७ सदस्य त्रियुगा नगरपालिका स्तरीय कमिटी बनेको हो । यश प्रथम अधिबेशन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बिमल कार्कीको अध्यक्षतामा विद्यार्थी नेता सिताराम राउतले कार्यक्रम संचालन गरेको हुन । यश लगत्तै १५ गते चौदन्डी नगरकमिटिको सम्मेलन रहेको छ र छिटै अखिल क्रान्तिकारीले आफ्नो जिल्ला सम्मेलन गर्ने योजना बनाएको हो ।






