कृष्णमान चौधरी/बेलका/भदौ १५ /
बेलका नगरपालिका वडा न १ कि कलावती चौधरी ७१ बर्षको उमेरमा आफूले जानेको सिपको सदुपयोग गर्दै छिन ।


बिगत लामो समयदेखी नै थारु जातिका लागि लोप हुँदै गएका विभिन्न किसिमका सामानहरु तयार गर्नमा लागेकी उहाले बिहे को लागि सबै किसिम का डाली,धमा,पूजा का लागि पनि लोह्टा इत्यादी लगभग सबै बनाउने कला रहेको चौधरीले बताइन ।
बनाउन त पहिले देखि नै बनाउदै गरेका थिए तर बिगत 1 बर्ष देखि धेरै मान्छे हरु आकर्षित भएर यो एक साल मा 45/50 पिस सम्म बनाउको छु र स्थानीय गाउँ बल्हिमा सो सामानहरुको माग अत्याधिक मात्रामा बढदै आइरहेको कलाबती चौधरीले बताइन।
हाल सो सामानहरु बिक्रीका लागि कुनै त्यस्तो मूल्य नरहेको तर बनाइदिए बापत गाउँ का मान्छेहरुले आफू खुसी सर समान सहित रु.४००/५०० जति हुन्छ दिने गरेको चौधरीले जानकारी दिए।


