गृहमन्त्री बालकृष्ण खाँड सप्तकोसीले कटान गरेको क्षेत्रको निरीक्षण गर्न शनिबार उदयपुर आइपुगेका छन्। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री खाँड कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न बेलका नगरपालिका- ८ टप्पु क्षेत्रमा आइपुगेका हुन्। 
उनले सप्तकोसीले कटान गरेको क्षेत्र, स्थानीयका समस्या, भइरहेका प्रयासका बारेमा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायका प्रमुखसँग जानकारी लिए। लगातारको बर्षाका कारण सप्तकोसीमा आएको बाढीले भदौ १२ र १३ गते तटिय क्षेत्रमा तीव्र कटान गरेपछि उदयपुरका मात्र करिब एक हजार तीन सय परिवार उच्च जोखिममा रहेका थिए। कोसीले बेलका- ८ लाहुरेखोज दक्षिण २ सय मिटर क्षेत्र र श्रीलंका टापुमा कटान गरेपछि वडा नं. २,३,९, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका र कन्चनरुप नगरपालिकाका बस्ती जोखिममा रहेका थिए।
कोसीले टप्पु क्षेत्रको जमिन कटानसँगै बस्तीमा प्रवेश गर्न लागेपछि जिल्ला विपद् व्यवस्थापन समितिको सक्रियतामा तत्काल तीन सय मिटर कटान क्षेत्रमा जिल्ला सिचाई कार्यालयबाट प्राप्त आठ हजार बोरा र ५० थान जालीले तटबन्धन गरी बस्ती जोगाइएको थियो।
बस्ती जोखिममा रहेको भन्दै मानव बस्तीको दिगो सुरक्षाको माग गर्द यश क्षेत्रका माननीय ,मेयर नेता लगायत सरोकारवाला निकाय सबै लागिपरेको छ्न ।
त्यसक्रममा गृहमन्त्री खाँणले जनताको जीउधन सुरक्षासँगै कोसीको दिगो समाधानका लागि पहल गर्ने आश्वसन दिएका छन्। उनले प्रभावितको उचित व्यवस्थापन गर्न सुरक्षा प्रमुखलाईसमेत निर्देशन दिएका छन्। टोलीले कटान प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ । बेलका काम मेयरले गृहमन्त्री खाड सग विभिन्न माग प्रस्तुत गरेको छ्न जस्मा कोसिको दिगो ब्यबस्थापन , बेलकाको विभिन्न ठाउँमा प्रहरी चौकी स्थापना, कबुलियत बन खारेज लगायत माग पेस गरेको हुन ।


