NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

संसद खड्काको पहलमा बन्ने भयो उदयपुरमा बिमानस्थल

1 Mins read

उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट माग गरेको छ ।

नेपाल सरकार (सचिवस्तर)बाट गत २२ गते निर्णय भएको भन्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको छ । प्रस्तावित विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ मा रहेको छ ।

प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकको प्रतिवेदन तयार भई वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ । विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्न सो क्षेत्रमा वन व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

वन व्यवस्थापन कार्य प्रारम्भ गर्न तत्कालै ५ करोड रुपैयाँ आवश्यक पर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणको आग्रहपछि पर्यटन मन्त्रालयले बजेट माग गरेको हो ।

उदयपुर त्रियुगा नगरपालिकामा जोगिदहमा पर्ने यश बिमानस्थल बनाउन कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सहरीबिकास मन्त्री डाक्टर नारायण खड्काको ठुलो पहल कदमी रहेको छ ।

पटक पटक बिमानस्थल बनाउन पहल गरेको तर तत्कालीन नेकपाका प्रधानमन्त्री केपि ओलिले रोकेको र उदयपुरका एमालेहरुले कुनै पनि हालतमा बिमानस्थल बनाउन असहमत रहेको सुनदै आएपनी अहिले रकम छुटिए पछि स्थानीय तथा उदयपुरबासी खुसी भएको छ्न ।माओवादी नेता तथा अर्थमन्त्रीले बजेट बिनियोजन गरेपछी काम अगाडि बढ्ने भएको छ ।

आफ्नो सामाजिक सन्जालमा खड्काले प्रधानमन्त्री देउवा र यश कार्यमा सहयोग गर्ने कर्मचारी ,स्थानीय राजनीतिदल लाई धन्यवाद दिएको छ्न । जोगिदहका स्थानीय नेता रुद्र अधिकारीले यश कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएको छ्न ।हाल सरकारमा कांग्रेस र माओवादी को सरकार ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *