NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

यी खानेकुरा पुनः तताएर खानु स्वास्थको लागि बेफाइदा

1 Mins read

कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुनःतताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ। आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ।

कुखुराको मासु : कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुनःतताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ।

आलु : तरकारीको राज मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ। आलुको परिकारलाई लामो समयसम्म राख्दा यसमा भएको पोषक तत्व नास भएर जान्छ साथै आलुको परिकारलाई पुन तताएर खाँदा पनि पाचन सम्बन्धि समस्या देखिन्छ।

चुकन्दर : चुकन्दरलाई पनि दोराएर तताउनु हुँदैन। यसको परिकारलाई पुनः तताउँदा यसमा पाइने नाइट्रट नाश भएर जान्छ।

च्याउ : च्याउ सकेसम्म सधैँ ताजा नै खानुपर्दछ। च्याउलाई प्रोटिनको भण्डार नै मानिन्छ। पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमो पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यको लागि निकै हानिकारक हो। त्यस्तै एक पटक पकाईसकेको खाने कुरा पुनः तताउन नहुने सूचीमा अण्डा र पालुङ्गोको साग पनि पर्दछ।

अण्डा : अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ। यी माथि उल्लेखित खानेकुरा पुनः तताउँदा यसमा पाईन प्रोटिन नष्ट भई उत्पन्न तत्वले क्यान्सर निम्त्याउन सक्छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *