NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

परराष्ट्र मन्त्रीमा डाक्टर नारायण खड्काले लिए सपथ

1 Mins read

नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले मन्त्रीको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई शितल निवासमा केहिबेर अघि पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले डा. खड्कालाई हिजो परराष्ट्रमन्त्रीमा सिफारिस गर्नुभएको थियो ।

मन्त्री खड्काले आजै पदभार सम्हालेसँगै आजै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहनुभएका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ । हाल उहाँ कांग्रेसको विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *