उदयपुरको बेलका नगरपालिका –९ खारखोला नजिक मदन भण्डारी लोकमार्ग सडक खण्ड स्थित प्रदेश नं. १–०२–००२च ४८७४ नं.को बोलेरो गाडीको ठक्करबाट स ४ प ९१०५ नं.को मोटरसाईकल चालक बेलका –२ का ४० वर्षीय रामचन्द्र राईको निधन भएको हो ।
राइको दुर्घटना स्थलमै मृत्यु भएको हो । राई पुर्वबाट पश्चिम् आउदै गरेको र पश्चिम् बाट पुर्व जाँदै गरेको बोलेरो कमलावारी स्थित माछापुच्छ्रे बन क्षेत्रमा दुर्घटना भएको हो ।उक्त स्थानमा अहिले सम्म ३ बर्षको अवधीमा ३जना को मृत्यु र ५ जना सक्त घाइते भैसकेको ठाउँ हो । अहिले सम्म यश सडकमा ३ बर्षको समयमा २० जना भन्दा धेरैको सवारीदुर्घटनामा मृत्यु भैसकेको छ भने दिनहु जस्तै मोटरसाइकल लगायत अन्य सवारीसाधन दुर्घटना पर्ने गरेको छ्न ।
बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बेलकाले जनाएको छ ।


