NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाली कांग्रेस बेलका नगरपालिकाको सभापतिमा अशोक कार्किको उम्मेद्बारी

1 Mins read

नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । कोठे बैठक भएका छन् । डिनर र लन्च पार्टी चलेका छन् । नेताहरूका घरमा भीड जुटेका छन् । जित र हारका हिसाबकिताब खुलेका छन् । गाउँ, नगर, जिल्ला र केन्द्रसम्म नेतृत्वबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । अर्थात् जनमानसमा कांग्रेसप्रतिको आकर्षण कम भएको छैन । कांग्रेसमा आन्तरिक लोकतन्त्रले जरा गाड्दै छ । अहिले नेतृत्वका लागि पार्टी बाहिरबाट भइरहेका अड्कलबाजीलाई हेर्ने हो भने कांग्रेसको भावी नेतृत्व चयन कांग्रेसजनको मात्र विषय रहेन । यो सबैको चासाको विषय रहेको छ ।
कांग्रेस कस्तो हुनुपर्छ र यसको नेतृत्व कस्ताले लिनुपर्छ भन्ने कुरा अब आदर्शवादी गफ हुन गयो । अब कांग्रेसको आन्तरिक राजनीतिमा गुट र उपगुटको समीकरण कसरी अगाडि बढदै छ ? यस्ता तमाम प्रश्नहरू पनि नउठेका हैनन् । यी प्रश्नको काँग्रेसीले सटिक जवाफ दिनुपर्छ त्यसको लागि
उदयपुरको बेलका नगरपालिकाको नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा मेयरका प्रत्यासी अशोक कार्कि आगामी अधिवेशनका लागि नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी केन्द्रले क्रियाशिल सदस्यता टुंगाएर अधिवेशनको औपचारिक प्रक्रिया आरम्भ भय सगै क्षेत्रिय प्रतिनिधि ,सुभेछुक, नेता ,कार्यकर्ता भेला बोलाएर कार्किले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा कार्किले आफ्नो उम्मेदवारी बेलकाको आउदो स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।

उक्त क्षेत्रमा संघमा कांग्रेसको केन्द्रिय सदस्य डाक्टर नारायण खड्काले चुनाव जितेको हुन । खड्का अहिले परराष्ट्रमन्त्री नियुक्ति भैसकेको छ्न ।
जम्मा १४७ प्रतिनिधिले सभापति छान्ने छ्न भने कार्किको प्रतिद्वन्दी बाबुराम थापा रहेको हुन । कार्किलाइ बेलकाका कांग्रेसका हस्ती जय सुवेदी, लभराज अधिकारी ,दिनेस्वर चौधरी ,प्रेम अधिकारी ,भरत कार्की ,दिपक कोइराला ,धुर्ब कोइराला , राज बान्तवा , रमणध्वज राई , पारुहाङ राई ,लगायतको साथ सहयोग रहदै आएको छ ।

कार्की बेलकाको कांग्रेसमा सबैले मन पराउने नेता मध्य पर्छ्न ,बौद्धिक ,ईमानदार ,भद्र भलाद्मी भयरै गत स्थानीय तहको चुनावमा झिनो मतले पराजित भएको हुन। त्यो पनि कांग्रेसको अन्तरघातको कारणले जस्ले अन्तरघात गर्यो ती अहिले अर्को प्यानलमा लागेर कार्किलाइ हराउने योजना बनाइरहेको बताए आफ्नो नाम नखुलाउने सर्तमा एक क्षेत्रिय प्रतिनिधिले ।

जसरी पनि असोक कार्किलाइ हराय संघको चुनावमा नारायण खड्कालाई हराउन सकिन्छ भनेर कम्मर कसेर लागेको प्रष्ट देख्न सकिन्छ तर अहिले बेलकाको अधिकान्स प्रतिनिधिले कार्की लाई भोट हाल्ने बताइरहेको छ्न। बेलका -६ का एक प्रतिनिधिले भने असोक कार्की हार्नु भनेको आगामी आउदै गरेको स्थानीय तहको चुनाव पनि हार्नु हो त्यसैले जसरी पनि कांग्रेस बचाउन र पहिलो पार्टी बनाउन असोक कार्किले जित्नु पर्छ बताय ।

उदयपुरको जिल्ला सभापतिमा हिमाल कार्की र बिदुर बस्नेत ,निर्वाचन क्षेत्र १ को सभापतिमा खगेन्द्र राई र वसन्त बस्नेत रहेको छ्न भने बेलकाको सभापति असोक कार्की र बाबुराम थापा छ्न ,चौदन्डिमा रामकुमार खड्का र राजेन्द्र पौडेल त्यस्तैगरि त्रियुगाको सभापतिमा सुमन चौधरी र प्रकासकुमार खड्का छ्न त्यसतै उदयपुरको प्रदेश १(क)अन्तर्गत अर्जुन दाहाल र जय सुबेदीको उम्मेद्बारि परेको छ भने १(ख) अन्तर्गत देबि चौधरी र सरोज बस्नेतको उम्मेद्बारी परेको हो । समग्र उदयपुरको चुनावी परिणाम हेर्दा हिमाल कार्किक प्यानल अगाडि देखीएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *