चौदण्डीगढी नगरपालिकामा वृहत्त एक दिने स्वास्थ्य शिविर भोली (शुक्रबार) सञ्चालन हुने भएको छ ।
नगर अस्पताल बेल्टार (पुरानो प्राथमिक स्वास्थ्य केन्द्र) को परिसरमा सञ्चालन हुने शिविरको नगर स्वास्थ्य शाखले आयोजना गरेको हो ।
शिविरमा जेनेरल मेडिकल, प्रसूती तथा स्त्री रोग, नव शिशु तथा बाल रोग, नाक, काना तथा घाँटी रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, मानसिक रोग, दन्त रोग, आँखा तथा
उपचार, शल्यक्रिया, रगत तथा पिसाव परीक्षण, इसिजी र भिडियो एक्सरे लगायत १३ वटा रोगहरुको निःशुल्क चेकजाँच गरिने छ ।
शिबिर अवधिभरमा कोही कसैमा जटिल रोग समस्या देखा परेमा काठमाण्डौ लगेर समस्याको समाधान गरिने नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।
तर कुनै रोगको शल्यक्रिया गर्नु परेमा आधा शुल्क तिर्नु पर्ने त्यसकाे लागि काठमाण्डाैनै जानु पर्ने उनले बताए । शिविर विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।


