NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

न्युटनको चाल सम्बन्धी  नियम

1 Mins read

कुनै पनि वस्तु वा पदार्थमा गति हुनु र त्यस वस्तुलाई अर्को वस्तुले छोएमा कि त गतिमा जान्छ नत्र त्यो विश्राम अवस्थामा पुग्दछ । यसरी न्युटनले गति सम्बन्धी नियमलाई ३ भागमा विभाजन गरी देखाएका छन् । यो नियम उनले संसारलाई दिएको एउटा वैज्ञानिक आविष्कार हो । उनको यही क्षमताले नै उनलाई संसारभर चिनाएको छ ।

१)  न्युटनको चाल सम्बन्धी  पहिलो नियम
स्थिर अवस्थामा रहेको कुनै पनि वस्तुलाई चालमा ल्याउन वा अन्यत्र सार्नका लागि त्यसमा बलको प्रयोग गर्नुपर्छ । जति बढी तौल भएको पिण्डको वस्तु छ, उति नै बढी बलको आवश्यकता पर्दछ । सो वस्तुमा रहेको बलबिना चाल नआउने गुणलाई अंग्रेजीमा inertia पनि भनिन्छ । न्युटनको यस प्रथम नियम अनुसार प्रत्येक पिण्डमाथि यदि कुनै प्रकारको बाहिरी बल प्रयोग भएन भने सो बस्तु स्थिर अवस्थामा भएमा स्थिर नै रहिरहनेछ ।
जस्तैः हामी कुनै बस रोकिने बेलामा सुस्त गतिमा बस चलिरहेको बेला दुवै खुट्टाले भुइँमा टेकेमा स्थिर अवस्थामा रहन्छौं तर एक खुट्टा भुइँमा र अर्को खुट्टा बसमा परेमा हामी नराम्रोसँग पछारिन्छौं, यसो हुनुमा न्युटनको पहिलो नियम अनुसार हाम्रो एक खुट्टा भुइँमा पुगेपछि त्यो त स्थिर हुन्छ तर अर्को खुट्टा वा शरीर हिंडिरहेको बसमा रहेकोले त्यो बससँगै चलायमान भइरहेको हुँदा स्थिर र चलायमान अवस्थामा अन्तर आउँदा वा यी दुईबीच सन्तुलन कायम हुन नसक्दा पछारिने स्थिति आउँछ ।

न्युटनको चालको दोस्रो नियम

कुनै पनि वस्तुको गतिलाई बाहिरी बलले प्रभाव पार्दछ अर्थात् वस्तुको गति र बाह्य बल एक आपसमा अनुक्रमानुपाती हुन्छन् । वस्तुमा लगाइने बल र वस्तुको मात्राको गुणनफलको परिप्रेक्ष्यमा यसलाई हेर्नुपर्दछ । जस्तै : एउटा ढुङ्गाले मानिसलाई हिर्काएमा मानिसलाई चोट लाग्न सक्छ, तर त्यही ढुङ्गाभन्दा सानो गोलीले पहिले ढुङ्गाले हिर्काएकै गतिमा बन्दुक पिस्तोलबाट हिर्काएमा त्यसले मानिसलाई ठहरै पार्दछ ।

न्युटनको चाल सम्बन्धी तेस्रो नियम

प्रत्येक क्रियामा जहिले पनि बराबर विपरीत प्रतिक्रिया हुन्छ । जब कुनै वस्तुमा बल लगाइन्छ त्यस वस्तुले अर्को बल उत्पन्न गर्छ । जसमा पहिले लगाइएको बललाई action भनिन्छ । वस्तुले लगाएको बललाई  Reaction भनिन्छ । न्युटनको यही नियमको आधारमा जेट इन्जिन र रकेट इन्जिनको आविष्कार भएका हुन् । किनभने इञ्जिनबाट धुवाँ बाहिर निस्कन्छ र धुवाँको बलले इञ्जिनलाई अगाडि जोडले धकेल्दछ । अर्थात् काँधमा बन्दुक बोकेर गोली हानिरहेको व्यक्ति, जब बन्दुक पड्काउँछ त्यसबेला पछाडितिर धकेलिन्छ । जब बन्दुक पड्काउँछ त्यसबेला पछाडितिर धकेलिन्छ ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *