NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नक्कली परिक्षार्थि बन्दा बेलकाका दुई युवा धनकुटामा पक्राउ

1 Mins read

उदयपुरका दुई युवक धनकुटाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका लागि जवान पदको लिखित परीक्षा केन्द्रमा न क्कली परीक्षार्थी बनेर हलभित्र छिरेको अवस्थामा उनीहरुलाई धनकुट प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको धनकुटा बहुमुखी क्याम्पसमा लिखित परीक्षा चलीरहेको बेला तीन जना न क्कली परीक्षार्थी समातिएका थिए । तीमध्ये दुई जना भने उदयपुरका रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार शहिदभूमी गाउँपालिका वडा नम्बर ५ घर भएका २८ वर्षीय सौहार्द राई र उदयपुरको बेलका नगरपालिका वडा नम्बर- ७ का २२ वर्षीय योगेन्द्र राई र ३२ वर्षका निशान राईलाई नियन्त्रणमा लिइएको हो ।

जवान पदका लागि लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्दा शं का लागेपछि भित्री रुपमा अनुसन्धान र नि गरानी बढाइएको थियो । वास्तविक परीक्षार्थी योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्र लिएर उदयपुरका सौहार्द राई परीक्षाहलभित्र छिरेको थाहा पाएपछि पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
उदयपुरकै निशान भने हलमा शौहार्दसँग मिलेर न क्कली परीक्षार्थी लाई प्रवेश गराउन सहयोग गर्दै गर्दा समातिएका थिए । त्यस्तै आफ्नो परीक्षा अकैलाई दिन लगाउने योगेन्द्रलाईसमेत प्रहरीले परीक्षाहलबाटै पक्राउ गरेको हो ।

योगन्द्रले ती दुवैलाई आर्थिक प्र लोभनमा पारेर यस्तो कार्यमा प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको डीएसपी कार्कीको भनाई छ ।Jethokhabar बाट

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *