आफ्नै ठाउँ ,गाउँमा परिश्रम गर्नको लागि जोखिम मोल्दै बिगत २० बर्ष देखि चेफाको यात्रा गर्दै आइरहेको छ्न उदयपुर बेलका नगरपालिका -६ बगुवा,घारे ,बाक्सिखोपका युवाहरू ।
नेपालकै सबैभन्दा ठुलो नदि सप्तकोसी नदिमाथी बासलाई ५/६ घन्टा बगायर सुनसरीको चतरा बेच्न लियाउनु /लियाउदै आएको नौलो होइन । दैनिक उपभोग्य मालसामान किनमेल गर्न पनि यश क्षेत्र तथा खोटाङ ,भोजपुर ,धनकुटा ,उदयपुरका किसान बास पानीमा बगायर किनमेल हुने ठाउँ सम्म पुर्याउन जोखिम मोल्दै पुग्ने गरेको छ्न ।
पहाड्मा आम्दानीको श्रोतमा सबैभन्दा धेरै बास रहेको र दैनिक गर्ज टार्नको लागि बासको कारोबार तिब्र छ । तर यहि बास बिक्री गर्नको लागि जोखिम मोल्नु परेको छ ।
धेरै सरकार बनिसके ,केन्द्रीय देखि स्थानीय सम्म सरकार बनेको छ्न तर कोसिमा बासको ब्यापार गर्नेको सामाजिक सन्जाल देखि टिकटक सम्म भिडियो पोस्ट गर्ने गरेको देखिन्छ तर खोटाङ ,भोजपुर ,उदयपुर ,धनकुटाका बासकिनबेच तथा वसारपसार गर्ने लाइफ ज्याकेट बिनै आजसम्म यात्रा गर्दै आएको देख्न सकिन्छ । सम्बन्धि निकायले देखेर पनि नदेखे जस्तैः गर्दा विभिन्न समयमा दुर्घटना भएर केही बास वसारपसार गर्नेहरुले अकालमै मृत्यु रोजेको बेला बेलामा सुनिन्दै आएको छ ।
जम्मा एउटा बास बराबर २०/२५ रुपैया कमाउन पानीमाथी बासको चेफा बनायर ५/६ घन्टाको बाटो आउदा बिहान हिडेको ब्यक्ती बेलुका घर पुग्छुकी पुग्दिन भन्ने चिन्ता हुन्छ तर सम्बन्धि निकायले यश बारेमा चासो राखेको पाइएको छैन ।
बेलका -६ का प्रेम माझी भन्छ्न हामीलाई लाइफ ज्याकेट दिने हो भने पालैपालो ज्याकेट प्रयोग गरेर बासको ब्यापार गरिन्थ्यो । पानीमाथी त्यो पनि हरियो बासको ब्यापार गर्न धेरै जोखिम मोल्ने गरेको पाइएको छ ।
बेलका -६ कै एक महिला भन्छिन श्रीमान बिहान बास लगेर गएपछि मनमा डर ,त्रास मात्र खेल्छ गरिबको पिडा कस्ले बुझिदिने ।
कम्तीमा यात्रा गर्दा लाइफ ज्याकेट हुदा दुर्घटनालाई कम गर्न मद्दत हुने थियो र बासको ब्यापारको बैकल्पिक ब्यापार ब्यबसाय लाई अगाडि बढाउन संबंधित निकायले अग्रसर नलिने हो भने यो कार्यबाट ठूलो क्षती हुने देखिन्छ ।बेलका ६/७ बाट हिउँदमा मात्र दैनिक ४/५ वटा चेफा बेच्न सुनसरी चतरा,सिसौली लियाउने गरेको पाइन्छ ।


