बेलका नगरपालिकाको वार्ड न -५ र ८ नम्बरमा अबैधानिक रूपमा ढुङ्गा उत्खनन हुदा ५ वटा स्काभेटर पक्राउ परेको हो । पक्राउ परेको स्काभेटरलाई नगरपालिकाले जरिवाना गरेको छ।वार्ड न ५ मा केही दिन अगाडि एउटा र मंगलबार २ वटा गरि तीन वटा पक्राउ परेको हो । कतै iee को प्रोसेस भन्दै तथा कतै दादागिरी शैलिमा काम अगाडि बढाउदा पक्राउ परेको हुन।
गत हप्ता पक्राउ परेको एउटालाई ४५ हजार र यो हप्ता पक्राउ परेको दुइटा लाई ४५ हजार जरिवाना गरेको बताय नगरपालिकाका प्रशासकिय अधिकृत चेतनाथ गौतमले ।त्यसैगरि सप्तकोसी नदिमा बन्दै गरेको दुइटा स्पामको लागि भनेर कोठु एरिया बाट दादागिरी शैलिमा दिनहु उत्खनन हुदा स्थानीय जनता त्रसित छ्न तर प्रहरीको सक्रियतामा पक्राउ परेको हो ।
कोठुमा अबैधानिक उत्खनन भैरहेको अवस्थामा दुईवटा स्काभेटर पक्राउ परेको हो र केही टिपर समेत पक्राउ परेको बताइएको छ । अबैधानिक रूपमा दादागिरी डन शैलिमा उत्खनन गर्दा स्थानीय सरकारको राजस्व गुमेको छ । बाताबरणिय प्रभाव मुल्यांकन नगरी बेलका नगरपालिकाको विभिन्न क्षेत्रबाट अहिले ढुङ्गा तस्करी हुन थालेको छ । बेलका नगरपालिका बाट नगरभित्र बिकास निर्माण कामको सिफारिस काट्ने तर संबंधित निकाय सगको सेटिङमा सुनसरी ,सप्तरी ,भारतिय बोर्डर पुग्ने गरेको छ ।
त्यस्तै निजि जग्गाबाट ब्यक्तीले बाताबरणिय प्रभाव मुल्यांकन गरेर ढुङ्गा निकाल्ने तर एक ठाउँ iee गर्ने अर्को ठाउबाट दिनरात ढुङ्गा सिमापारी तस्करी भैरहेको छ । बाताबरणिय प्रभाव मुल्यांकन एकातिर ढुङ्गा उत्खनन अर्को तिर हुदा बेलका -४/५/६/८/९ मा स्थानीय जनता त्रसित हुन थालेको छ्न ।
नम्बरिको नाममा भिर पाखा खोत्लदा स्थानीय उपभोक्ता जनता पहिरो जाने डरले दिनरात डराइरहेको छ्न तर स्थानीय जनप्रतिनिधि तथा सब डिभिजन बन रामपुर तथा मैनामैनी चुपचाप बसिरहेको र नदेखिरहेको अवस्था छ ।
ढुङ्गा गिटि उत्खनन तथा बिक्रि ब्यबस्थापन मापदण्ड निर्देशिका २०७७ अनुसार नभएको पाइएको छ ।


