NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकामा मिल्ने साथी’कै योजनामा १० कक्षामा पढ्ने कविताको हत्या

1 Mins read

‘मिल्ने साथी’कै योजनामा १० कक्षामा पढ्ने कविताको हत्या

फोहोरमा भेटिएको बियरको बोत्तल टाउकोमा प्रहार
 उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया गिता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई गिताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ । 


बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई गिता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबाट कविताको घर ३ किलोमिटर पर छ । गिताको घर करिब साढे ४ किलोमिटर पर पर्छ ।

धेरै दिनपछि मंगलबार एसइईको तयारी कक्षा लिन गएकी गिताले १९ वर्षका दाई बिनोदलाई पनि सँगै लगिन् । सोही क्रममा बाटोमा कविता भेटिइन् । स्कुलतिर जाँदै गर्दा बाटोमा फालिएको फोहोरका थुप्रोबाट बिनोदले बियरको खाली बोत्तल टिपे । सो कुरा कविताले थाहै पाइनन् । अचानक सो अभियुत्तले मिलेमतोमा हानेको बियरको बोत्तल टाउकोमा बज्रिएपछि कविता ढलिन् ।

बियरको बोत्तलले हिर्काएर हत्या गरेपछि करिब ४० मिटरजत्ति घिसारेर स्थानीय यसोदा खोला छेउमा शव फालेर आरोपीहरु भागेको खुलेको उदयपुरका एसपी सुवास बोहराले बताए ।

कविता र गिता एउटै कक्षामा पढ्ने र आपसमा मिल्ने साथी थिए । मिल्ने साथी भएपनि आफूलाई व्यवहारमा ‘डोमिनेट’ गरेको र आफ्नो कुरा सवैतिर भन्ने गरेको आरोप लगाएर गिताले मृतकसँग ‘इगो’ साँधेको पाइएको छ ।

हत्या गर्ने योजना रहेको हुनाले बाटोमा गिताले कवितासँग कुनै विवाद नगरेको पाइएको बताउँछन् एसपी बोहरा । उनले भने, ‘आरोपी गितालाई घरबाट र विनोद ढकाललाई घटनास्थल नजिकैबाट पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

मृतकको शरीरको पछाडिको भागमा चोट देखिएको छ । उदयपुर प्रहरीले संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको प्राविधिकहरुको सहयोगमा अनुसन्धान गरिरहेको छ । आरोपी विनोद ढकाल भारतमा केही समय बसेर गाउँ फर्केपछि ८ कक्षामा भर्ना भएका थिए । मृतक र बिनोद पढ्ने स्कुल फरक छ ।

स्थानीयले बिहान ७ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि गिता ट्युसन पढ्न नगएर घरतिर गएकी थिइन् । मृतकको शव घिसारेर व्यवस्थापन गर्दा चोट लागेको हुनाले आरोपी विनोद मेडिकलमा गएर घुँडामा व्याण्डेज गरेर फर्किएको फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।

कृष्ण बहादुर सुनुवारकी कान्छी छोरी हुन् कविता । उनको दिदीको विवाह भैसकेको छ । भाइ सानो छ । छोरीको हत्या आरोपमा बाबु कृष्ण बहादुरले जिल्ला प्रहरी कार्यालय उदयपुरमा आरोपीहरु बिरुद्ध किटानी जाहेरी दिएका छन् । अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी बोहराले बताए ।
यता बेलका नगरपालिकाका हजारौं विद्यार्थीहरुले कानुनी कार्वाहीको माग गर्दै बेलका नगरपालिका ,ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला घेराउ गरेको हुन । पुर्व पश्चिम् बैकल्पिक मदन भन्डारी राजमार्ग केही समय ठ्प्प समेत पारेको हुन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *