बेलका नगरपालिकामा-३ मा १५ वर्षीय बालिका कबिता सुनुवार शव फेला परेको छ ।
बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको हाे ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा यसोदा(जस्ता) खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
घटना बारे दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ,पक्राउ पर्नेमा कविता सग मिल्ने साथी भएको पाइएको छ एक पुरुष एक महिला ।
घटना नियोजित रूपमा घटेको देखिएको छ प्रहरीको प्रारम्भिक अनुसन्धानमा । बेलका नगरपालिकामा विभिन्न संघ सस्थाले घटना बारेमा यथास्थितिमा अनुसन्धान गरि दोषीमाथि कार्वाही गर्दै बालबालिका तथा महिला ,विद्यार्थीको शान्ति सुरक्षाको माग राख्दै बिग्पती निकालेको हो। अखिल नेपाल महिला संघ (क्रान्तिकारि )बेलका नगरकमिटिले पनि बिग्यप्ती निकाल्दै कडा भन्दा कडा कानुनी कार्वाहीको माग गरेको हो बताइन बेलका नगर संयोजक पबित्रा राईले । अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) नेकपा माओवादी केन्द्र निकट सङ्ठन हो ।


