इन्स्पेक्टर दाहाल बने उदयपुरको फागुन महिनाकै ‘सर्वोत्कृष्ट प्रहरी’
इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेज बहादुर दाहाल उदयपुर जिल्ला को फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै बैङ्किङ कसुर ,विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन तथा फाल्गुण महिनाको उत्कृष्ट प्रहरी घोषित ।
विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै जिल्ला उदयपुर बेलका न.पा.वडा नं.८ सिरुवानी स्थितमा १६ वटा प्लाष्टिकको पोकामा लुकाई छिपाई बोलेरो गाडीमा ल्याउँदै गरेको ४०० (चार सय) किलो तयारी गाँजा सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिन सफल हुनुका साथै आफ्नो मातहत वडा एरियामा शान्ति सुरक्षा र अपराध रोकथाम तथा न्यूनिकरण गर्नका निमित्त मातहत प्रहरी कर्मचारीहरुलाई समयमा नै परिचालन गर्न सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुर दरवन्दी भई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर दाहाललाई निजले गरेको कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल फाल्गुण “ महिनाको उत्कृष्ट प्रहरी ” (POLICE OF THE MONTH ) घोषणा गरिएको छ ।महत्वपूर्ण भूमिका निर्वाह उनलाई पुरस्कृत गरिएको बताइएको हो।

प्रहरी निरीक्षक दाहाल यसअघि पनि उदयपुर जिल्ला प्रहरी कार्यलय बाट बैशाख महिनामा सर्बोत्कृट प्रहरी बाट संमान भएको हुन भने जिल्ला प्रहरी कार्यलय तेह्रथुममा कार्यरत रहदा उत्कृष्ट प्रहरी निरीक्षक २०७६ बाट सम्मानित भैसकेको हुन
प्रहरी निरीक्षक दाहाले बेलका -३ कि कविता सुनुवारको हत्यारालाई हत्या भएको दुई घन्टामा हत्यारालाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाउन सफल भएको हुँदा अहिले सर्बत्र सबै जनताको बिश्वास योग्य प्रहरी बन्न पुगेको छ्न


