NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

कविता सुनुवारको हत्यारालाई दुई घन्टा भित्र पक्राउ गर्न सफल भयो इप्रका रामपुर ठोक्सिला

1 Mins read

 उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया गिता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई गिताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ । 

बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई गिता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबाट कविताको घर ३ किलोमिटर पर छ । गिताको घर करिब साढे ४ किलोमिटर पर पर्छ ।

धेरै दिनपछि मंगलबार एसइईको तयारी कक्षा लिन गएकी गिताले १९ वर्षका दाई बिनोदलाई पनि सँगै लगिन् । सोही क्रममा बाटोमा कविता भेटिइन् । स्कुलतिर जाँदै गर्दा बाटोमा फालिएको फोहोरका थुप्रोबाट बिनोदले बियरको खाली बोत्तल टिपे । सो कुरा कविताले थाहै पाइनन् । अचानक सो अभियुत्तले मिलेमतोमा हानेको बियरको बोत्तल टाउकोमा बज्रिएपछि कविता ढलिन् ।

बियरको बोत्तलले हिर्काएर हत्या गरेपछि करिब ४० मिटरजत्ति घिसारेर स्थानीय यसोदा खोला छेउमा शव फालेर आरोपीहरु भागेको खुलेको छ।

कविता र गिता एउटै कक्षामा पढ्ने र आपसमा मिल्ने साथी थिए । मिल्ने साथी भएपनि आफूलाई व्यवहारमा ‘डोमिनेट’ गरेको र आफ्नो कुरा सवैतिर भन्ने गरेको आरोप लगाएर गिताले मृतकसँग ‘इगो’ साँधेको पाइएको छ ।

हत्या गर्ने योजना रहेको हुनाले बाटोमा गिताले कवितासँग कुनै विवाद नगरेको पाइएको छ।

स्थानीयले बिहान ७ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि गिता ट्युसन पढ्न नगएर घरतिर गएकी थिइन् । मृतकको शव घिसारेर व्यवस्थापन गर्दा चोट लागेको हुनाले आरोपी विनोद मेडिकलमा गएर घुँडामा व्याण्डेज गरेर फर्किएको फेला पारेपछि इप्रका रामपुरको प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वले पक्राउ गरेको थियो ।

त्यही दिन साँझ ५ बजे कविताका बुवा कृष्ण सुनुवारले सरिता र विनाेदविरुद्ध इलाका प्रहरी कार्याल रामपुर ठाेक्सीलामा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका दुई जनामध्ये प्रहरीले विनाेदलाई मात्र सार्वजनिक गरेकाे छ । सरिताचाहिँ बालिका भएकाले उनलाई सार्वजनिक नगरिएकाे बताइएको छ । जिल्ला अदालत उदयपुले सरिताकाे हकमा २२ चैतदेखि लागू हुनेगरी पाँच दिन र विनाेदलाई सात दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएकाे छ । 

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *