NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सप्तकोसी नदि गाउँ पस्यो हजारौं जनता विस्थापित

1 Mins read

नेपालको सबैभन्दा ठुलो नदि सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । लगातार दुई दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोसी नदी पुरानै धारमा फर्किएको हो । 

उदयपुरको बेलका नगरपालिका -३ मा ०४५ सालमा कोसी जहाँ बग्थ्यो, गएरातिबाट त्यही धारमा फर्किएको हो। ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरूले त्यहाँ घर बनाए ।  ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट बग्न सुरु भएको छ,

अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका– ८ को सिसौली बस्ती, वडा नम्बर ९ को रंशशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको छ । 

कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ पनि प्रभावित भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।
 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *