NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

प्रदेश न:- एकको कटारिमा रग्बी कोच ट्रेनिङ

1 Mins read

उदयपुरको कटारीमा चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। प्रदेश नंबर एक रग्बी संघको व्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो।

नेपाल रग्बी खेल संघ प्रदेश एकका अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान विराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो।

प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका १४ जना सहभागी छन्। प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउने अध्यक्ष कटवालले बताए। युरोपमा लोकप्रिय खेल रग्बी नेपाल भित्रिएको २ दशकभन्दा लामो समय भएपनि व्यवस्थित रुपमा अघि बढेको थिएन।

​२०५२ (सन् १९९५) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो। भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको पाइन्छ।

भारतमा अध्ययनका लागि गएका सिद्धि शम्शेर राणाले नै नेपालमा रग्बीलाई भित्र्याएका हुन्। २०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको हो। तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो। जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न।

यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि मात्र रग्बीले गति लिन थालेको हो। यो खेल बिस्वका धनी देशहरू न्युजिल्यान्ड ,वेल्स हरुको राष्ट्रिय खेल हो। नेपाल मा हुने नवौ राष्ट्रिय खेलकुद महोत्सवपोखरा मा हुने भएको हुँदा यो पटक देखि यो खेल समाबेश गरिएको छ भने बिध्यालय स्तरमा रास्ट्रपति खेलकुद प्रतियोगितामा समाबेश गरिएको हो ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *