इलाम/
साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा कार्यालय इलामको फिक्कल सेवा केन्द्रले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । सुर्योदय नगरपालिका इलाममा सञ्चालन रहेको मुम्निमा सहारा महिला समुहले समुह कि सदस्य जिना बस्नेत लाई श्रीमानको मृत्यू बापतको रकम प्रदान गरेको छ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा कार्यालय फिक्कलका शाखा प्रमुख कल्पना ढुंगानाले श्रीमान रुद्र बहादुर बस्नेतको निधन भएपछि मृतककी श्रीमति जिना बस्नेतलाई एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम रु ६ लाख नगदको चेक हस्तान्तरण गरेको बताइन्।
सुर्योदय नगरपालिका वडा नं १० का वडा सदस्य पदम बहादुर राई र स्थानीय समाजसेवी राम बहादुर भुजेलले संयुक्त रुपमा मृतकको श्रीमति जिना राईलाई चेक हस्तान्तरण गरेका हुन।
संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत सहकारीको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएमा क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको फिक्कल शाखाका कर्मचारी सन्जय राजबंशिले जानकारी दिए ।
हाल फिक्कल सेवा केन्द्रमा १ सय ५० समूह छ भने करिब २१ सय सदस्य रहेका छन।


