NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकामा नमुना मतदान कार्यक्रम सप्पन्न

1 Mins read

 जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलका नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरेको हो ।
जिल्लाको बेलका नगरपालिका र नगरपालिकाको प्रशासकिय भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिनुभयो ।
बेलका नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राही सहित निर्वाचन आयोगले यस पटक प्रदान गरेको सुबिधा अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधी सभा तर्फको समानुपातीक तर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
नमुना मतदान कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो
नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक पटक मतदान गर्नु पर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदान बाट धेरै कुरा सिकेको र उक्त कुरा गाउ गाउमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिकृया दिएका छन् ।


बुधवार भएको नमुना मतदानमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला निर्वाचन प्रमुख, सुरक्षा निकायका प्रमुख, डिभिजनल वन अधिकृत, निर्वाचन पर्यवेक्षक तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरू नमुना मतदान कार्यक्रममा सहभागी हुनुहुन्थियो। बुधवार बाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ। बुधवार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुशीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नु पर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिनु भयो


नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ । यो निर्वाचनमा जिल्लाका सबै ८ वटै पालिकामा नमुना मतदान हुँदै छ । जिल्लामा कुल दुई लाख २८ हजार ९ सय ४६ मतदाता छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १ मतदान स्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुर जनाएको छ ।
बुधबार भएको नमूना मतदान कार्यक्रम जिल्लाको बेलका र चौदन्डिगढी नगरपालिकामा सप्पन्न भएको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *