NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

नेपालमा विद्यार्थी आन्दोलनका उपलब्धिहरु ,समस्या र आवश्यकता–दिपेन बराइलि

1 Mins read

नेपालमा विद्यार्थी आन्दोलनका उपलब्धिहरु लाई भोग्न नपाएका हामिले आज एक पटक अध्यन गर्न अति आवश्यक छ । हिजोको शैक्षिक गुणस्तर र आजको गुणस्तरलाई तुलना गर्ने हो भने आजको परिवर्तनशिल समयमा गुणस्तर वृद्धि हुनु पर्ने ठाउँमा किन बिकृती फैलिएको छ भनेर खोज अनुसन्धान गरि तमाम समस्यालाई न्यूनीकरण गर्न र शिक्षाको नाममा हुने कालो बजारलाई रोक्न तपाई हामीले आजै बाट एक भएर बल्दुल आवाजहरु उठाउन सकिएन भने भोलीको भावी पुस्ताले लिने शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिन्दैन ।

हिजो राणा शासन फाल्न , पंचायत ढाल्क्न , राज्यमा राजाको एकल शासन हटाउन , र मुलुक लाई प्रजातान्त्रिक , गणतान्त्रिक , लोकतान्त्रिक बाटोमा ल्याउन होमिने विद्यार्थी संगठनहरु आज राजनीति दलको झन्डा बोक्ने माध्यम र साधन मात्र भएका छन् । अबको पुस्ताले भोलीको पुस्ताको लागि यी तमाम समस्या र खराब प्रबिधि विरुद्ध एउटा धाकोमा एका एक उनिएर मोतिहरु मालामा परिणत भए झैं हामी विद्यार्थीहरु एक एक जोडिएर परिवर्तनको क्रान्तिकारीमा होमिन आजको आवश्यकता छ ।

आज पुजीवादी शिक्षाले अग्रगामी छ्लाङ मार्दै हर्दा हामी गरिब किसान मजदुरका छोरा छोरिहरुको डाक्टर, पाइलट, इन्जिनियर बन्ने ठुला सपनाहरु लाई मारेर हामी बेरोजगार उत्पादन गर्ने कारखानाको सिकार भएको महसुस हुन्छ। मलाई अब समाजवादी , बैज्ञानिक शिक्षाको मार्गमा देशको शिक्षा नितिले कदम चाल्न सकेन भने आज डिग्री सकेर खाडी छिर्नु पर्ने हाम्रो बाध्यताको अन्त्य कहिले हुदैन त्यसैले यो बेरोजगार उत्पादन गर्ने पद्धतिको घोर बिरोध गर्दै ब्यवहारिक शिक्षाको मागमा तपाई हामी जस्ता विद्यार्थीले आवाज उठाउन पछि हट्नु हुदैन ।

आज हाम्रै अविभावकहरुबाट निजि बिदयालयमा र सामुदायिक बिदयालयमा भेदभाव भएको छ । निजि बिदयालयमा पढाउन पठाउने अभिभावक दिनमा तीन पटक सम्म बच्चाको हात समातेर स्कुल पुराउने र सामुदायिक बिद्यालयको कुरामा खाजाको समेत ब्यवस्थापन गर्न गाह्रो मान्ने चलन जिउँ का तिउ छन हामिले हाम्रा अविभावक हरुमा केही सुधार आउने सुझाव हरु राख्न सक्नु पर्छ ।
उर्लाबारी बहुमुखी क्याम्पस को कुरा गर्ने हो भने यहाँ उत्पदन हुने तमाम समस्याहरु सामान्य छन् ।
तर तिनै सामान्य समस्याको सिकार हुन पुग्दा विद्यार्थी मारमा छ्न ।
उर्लाबारी बहुमुखीका सामान्य देखिने जटिल भोगाइको लाई बुँदा गत रुपमा व्याख्या गर्दै मैले सावधानका उपायहरु जोड्न चाहान्छु म ।

१. क्याम्पस परिसर भित्र धूम्रपान तथा सुर्तीजन्य कुराहरू सेवन तिब्र रुपमा बढ्दै गएको हुँदा यसले भोलिको दिनमा निम्त्याउने घटना र क्याम्पसको मर्यादामा आँच पर्ने भएको हुँदा समयमै ध्यानाकर्षण गर्नु पर्ने ।
२. क्याम्पस भित्र उचित खाजाको ब्यवस्थापन नहुदा आम विद्यार्थीले विभिन्न सास्ती खेप्नु परेको हुँदा चमेना गृह सुधारमा चासो नदेखिएकाले तत्काल यसको सावधान गर्नु पर्ने ।
३. सरसफाइको बिसयमा क्याम्पसका शौचालयहरु ज्यादै दुर्गन्धित हुने , शौचालयमा पानीको ब्यवस्था नभएको साथै खानेपानीको बिसयमा केही सुधार गर्नु पर्ने ।
४ . यातायातको सन्दर्भमा रतुवामाई नगरपाली र मधुमल्ला मिक्लाजुङ गाउँपालिका बाट सेवा लिने विद्यार्थीले सिट नपाउने , समय तालिका नभएको , गाडीमा हौहल्ला हुने , अराजक गतिविधि हुने जस्ता धेरै कष्ट खेप्नु परेकाले यस बिसयमा क्याम्पसले ध्यानाकर्षण गर्नु पर्ने ।
५. केही कर्मचारीहरुको बोलिमा रुखोपन हुने ब्यवहारमा भेदभाव हुने भएको हुँदा यो बिसयमा खोजी अनुसन्धान गरि हल निकाल्ने ।
६. २५ % शिक्षकको सेवा सुबिधामा वृद्धि हुँदा गरेको सम्झौता अनुसार सम्पुर्ण रेकर्ड राख्ने , शिक्षकका गतिविधि हरुमा निगरानी राख्ने , कर्मचारी हाजिरको लागि डिजिटल प्रविधिलाई अनुसरण गर्नुपर्ने ।
७. उर्लाबारी बहुमुखी क्याम्पसबाट विद्यार्थीले अनुसारको पाठ नसिके जस्तो क्याम्पसले नसिकाए जस्तो पढाई भएको बेला कक्षाकोठाको प्रवाह नगरी बाहिर निस्केर क्याम्पसको मर्यादामा आँच आउने गतिविधिहरु बढेको कारण उचित ब्यवस्थापन गरि अगाडि बढ्ने ।
८. प्राथमिक उपचार कक्षमा चाहिने सम्पुर्ण औसधि मलम पट्टीको ब्यवस्थापन गर्ने ।
९ . सुझाब पेटिकाको दुरुपयोग भएको हुँदा ब्यवस्थित तरिकाले रेखदेख गर्ने ।

अब उर्लाबारी बहुमुखी क्याम्पसमा शैक्षिक सुधारमा हुने आनाकानीलाई र बेतिथी लाई रोक्न खबर गर्न हामी विद्यार्थी हरु एक जुट भएर एउटै आवाजमा एक हुनु पर्छ । भनिन्छ नि एक थुकी सुकि सयौं थुकी नदि तपाई एक्लोले म एक्लोले उठाएको आवाज को सुन्वाइ नहुन सक्छ । हाम्रो संयुक्त आवाजलाई संगठित गरेर दर्भिलो बनाउन अखिल ( क्रान्तिकारि ) उर्लाबारी बहुमुखी क्याम्पस ले अहम भुमिका निर्वाह गर्दै विद्यार्थीको हक हितमा सधै स्वच्छ कदम चालेको छ र चाल्ने छ भन्ने कुराको जानकारी गराउन चाहान्छु म ।
दिपेन बराइलि
उर्लाबारी बहुमुखी क्याम्पस कमिटी सचिव

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *