NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

अखिल (क्रान्तिकारी)बाट त्रिजब क्याम्पसमा स्ववियु सभापति उमेदवारमा : कार्की

1 Mins read

अखिल (क्रान्तिकारी)बाट त्रिजब क्याम्पसमा स्ववियु सभापति उमेदवारमा : कार्की

गाइघाट: आसन्न चैत ५ गते हुन गैरहेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा त्रीजब क्याम्पसमा स्ववियु सभापति पदका लागि नेकपा माओवाद केन्द्र निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)को तर्फबाट सरोज कार्कीको नेतृत्वको टिम चुनावमा होमिएको छ।

स्ववियु निर्वाचनले झपक्कै छोपेको त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने सरोजलाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएका उनी केहि चुनौती भएपनी जित निश्चित भएको सुनाउछन् । त्रियुगा जनता बहुमुखी
क्याम्पसमा स्नातकमा अध्यनरत २० वर्षिय सरोज अखिल क्रान्तिकारी त्रियुगा जनता बहुमुखी क्याम्पस कमिटी संयोजक रहेर एक वर्ष देखि कार्यभार सम्हाल्दै आइरहेका छन् । सुरुवातका दिनमा क्याम्पस कमिटीको संयोजकमा उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस रहेकका छन् ।

‘म स्कुल पढ्दा देखिनै ‘लिडर’ बन्छु भन्ने आँट भरिदिएको बताउने उनी यसमा थप उर्जा साथिभाइले दिएको सुताउछन् ।

‘बाल्यकालदेखि नै राजनीति र समाजका हरेक गतिविधिमा सक्रिय रहेका कार्की त्रीजब क्याम्पसमा विद्यार्थी माझ सबै भन्दा लोकप्रिय रहेका सोही क्याम्पस अध्यायरत अर्का बिद्यार्थी बिनोद कार्की बताउछ्न।

विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको संयोजकसम्म आइपुग्दा उनले धेरै राजनीतिक उत्तरचढाव भोगेको बताउछन् ।

आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेका छन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोँच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा परिवर्तन थप आउन बाकी भएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिन बाध्यता रहेको बताउछन् ।

कार्किको बेथिती हटाउने सपना:
त्रीयुगा जनता क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । जिल्लाका चर्चितनेताहरु जन्माएको यो क्याम्पस भित्रको अवस्था भने थलिएको छ । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन् ।

`विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएकी हुँ ।’

विद्यार्थी माझ लोकप्रिय
कार्की त्रीजब क्याम्पसका हरेक विद्यार्थी समस्याको समाधान गर्नका लागि नेतृत्वदायी भुमिका रहेर काम गरिरहेका उनकै सहयात्रीहरु बताउछन। उनी अरु संगठनको नेता जस्तो चुनाव केन्दृत भएर मात्र क्याम्पस आउदैन्न्न। रेगुलर क्याम्पस आउने गरेको बताउछ्न। कार्की बिद्यार्थी माझ अत्यन्तै, सहयोगी, मिननसार भावना राख्ने गरेको हुदा उनलाइ चुनात जित्न थप सहज हुने उनका साथी हरु बताउछ्न। कार्की सङै क्रान्तिकारीबाट स्ववियु सचीवमा रन्जना मगर र कोषाध्यक्षमा डोमा राईले उम्मेद्बारी दर्ता गराएका छ्न।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *