अखिल (क्रान्तिकारी)बाट त्रिजब क्याम्पसमा स्ववियु सचिव उम्मेद्बारमा : रन्जना मगर
सामाजिक तथा राजनीति क्षेत्रमा एउटा छुट्टै नाम हो’ रन्जना मगर । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदको उम्मेदवार हुन् ।
स्ववियु निर्वाचनले झपक्कै छोपेको त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने रन्जनालाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएकी उनी महिलालाई नेतृत्व पंक्तिमा उभिन निक्कै चुनौती बेहोनुपर्ने सुनाउछिन् । त्रियुगा जनता बहुमुखी
क्याम्पसमा स्नातकमा अध्यनरत २२ वर्षिया रन्जना अखिल क्रान्तिकारी उदयपुरको उपाध्यक्ष हुन। सुरुवातका दिनमा क्याम्पस कमिटीमा काम गर्दै उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछिन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस रहेकी छिन् ।
‘म क्याम्पस कमिटी देखि जिल्ला देखि प्रदेशको कमिटीमा हुँदै गर्दा महिला भएकै कारणले नेतृत्वमा आफूलाई उभ्याउन निक्कै सकस परेको थियो,’उनी सुनाउछिन्,‘मलाई यो सबै खालको परिस्थिति बुझेर सबैलाई समेट्दै अगाडी बढ्न झण्डै दुई वर्ष लागेको थियो ।’ स्कुल पढ्दा ओरेकमा जस्तैः ‘लिडर’ बन्छु भन्ने आँट भरिदिएको सुनाउछिन् ।
विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको जिल्ला सम्म आइपुग्दा उनले धेरै राजनीतिक उत्तरचढाव भोगेकीछिन् । आफू अगाडीका पुस्ताहरुको राजनीतिक आन्दोलनलाई देखेकी छिन् ।
आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेकी छिन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोँच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा कुनै परिवर्तन नभएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिन बाध्यता रहेको बताउछिन् ।
त्रिजब क्याम्पस उदयपुर जिल्लाकै अग्रणी तथा QAA certified क्याम्पस हो। कयौं विशिष्ट नेताहरु तथा उच्च पदस्थ व्यक्तित्व जन्माएको यस क्याम्पसको भित्रि अवस्था भने अत्यन्तै नाजुक हुँदै गइरहेको छ।विद्यार्थीको सामान्य समस्या पनि क्याम्पस प्रशासनले सुल्झाउन नसकी विद्यार्थीले दुख पाउदै आएको रन्जनाले सुनाइछिन ।क्याम्पसमा हुने विकृती विसङ्गती अन्त्य सङ्गै विद्यार्थी राजनीतिमा छात्राहरुको अर्थपूर्ण सहभागीता गरि क्याम्पसलाई पुर्ण महिला मैत्री बनाइ अध्ययन गर्न सहज वातावरण निर्माण गर्नुका साथै तमाम विद्यार्थीको हक अधिकार स्थापित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफ्नो उम्मेदवारी रहेको बताउछिन् ।
बेथिती हटाउने सपना
।
क्याम्पस राजनीतिक भागबण्डा लगाउने थलो झैँ भएको छ, कुन प्राध्यापकले के जिम्मा पाउने कुन कर्मचारीले के, यस्तो अवस्थामा क्याम्पस कसरी सुध्रिन्छ,’ उनी सुनाउछिन्, ‘यस्तै विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र यस्तो विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएकी हुँ रन्जना भन्छिन ।
त्रियुगा जनता बहुमुखी क्याम्पसमा मनोनयन दर्ता सङ्गै चुनावी चहलपहल बढेको छ।विगतका दिनहरुबाटै विद्यार्थीहरुको हकहितको लागि अहोरात्र खट्दै आएकी विद्यार्थीहरु माझ एक स्थापित नेत्री हुन् रन्जना मगर।


