NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

अखिल (क्रान्तिकारी)बाट त्रिजब क्याम्पसमा स्ववियु कोषाध्यक्ष उम्मेद्बारमा :डोमा राई

1 Mins read

अखिल (क्रान्तिकारी)बाट त्रिजब क्याम्पसमा स्ववियु कोषाध्यक्ष उम्मेद्बारमा :डोमा राई
सामाजिक तथा राजनीति क्षेत्रमा एउटा छुट्टै नाम हो’ डोमा राई । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीको तर्फबाट कोषाध्यक्ष पदको उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनले झपक्कै छोपेको त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने लाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएकी उनी महिलालाई नेतृत्व पंक्तिमा उभिन निक्कै चुनौती बेहोनुपर्ने सुनाउछिन् । त्रियुगा जनता बहुमुखी
क्याम्पसमा स्नातकमा अध्यनरत डोमा अखिल क्रान्तिकारी उदयपुरको कोषाध्यक्ष हुन। सुरुवातका दिनमा क्याम्पस कमिटीमा काम गर्दै उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछिन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस रहेकी छिन् ।

‘म क्याम्पस कमिटी देखि जिल्ला देखि प्रदेशको कमिटीमा हुँदै गर्दा महिला भएकै कारणले नेतृत्वमा आफूलाई उभ्याउन निक्कै सकस परेको थियो,’उनी सुनाउछिन्,‘मलाई यो सबै खालको परिस्थिति बुझेर सबैलाई समेट्दै अगाडी बढ्न झण्डै दुई वर्ष लागेको थियो ।’ स्कुल पढ्दा तथा विभिन्न संघ सस्थामा जस्तैः ‘लिडर’ बन्छु भन्ने आँट भरिदिएको सुनाउछिन् ।

विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको जिल्ला सम्म आइपुग्दा उनले धेरै राजनीतिक उत्तरचढाव भोगेकीछिन् । आफू अगाडीका पुस्ताहरुको राजनीतिक आन्दोलनलाई देखेकी छिन् ।

आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेकी छिन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोँच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा कुनै परिवर्तन नभएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिन बाध्यता रहेको बताउछिन् ।
त्रिजब क्याम्पस उदयपुर जिल्लाकै अग्रणी तथा QAA certified क्याम्पस हो। कयौं विशिष्ट नेताहरु तथा उच्च पदस्थ व्यक्तित्व जन्माएको यस क्याम्पसको भित्रि अवस्था भने अत्यन्तै नाजुक हुँदै गइरहेको छ।विद्यार्थीको सामान्य समस्या पनि क्याम्पस प्रशासनले सुल्झाउन नसकी विद्यार्थीले दुख पाउदै आएको रन्जनाले सुनाइछिन ।क्याम्पसमा हुने विकृती विसङ्गती अन्त्य सङ्गै विद्यार्थी राजनीतिमा छात्राहरुको अर्थपूर्ण सहभागीता गरि क्याम्पसलाई पुर्ण महिला मैत्री बनाइ अध्ययन गर्न सहज वातावरण निर्माण गर्नुका साथै तमाम विद्यार्थीको हक अधिकार स्थापित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफ्नो उम्मेदवारी रहेको डोमा बताउछिन् ।

बेथिती हटाउने सपना डोमाको —

क्याम्पस राजनीतिक भागबण्डा लगाउने थलो झैँ भएको छ, कुन प्राध्यापकले के जिम्मा पाउने कुन कर्मचारीले के, यस्तो अवस्थामा क्याम्पस कसरी सुध्रिन्छ,’ उनी सुनाउछिन्, ‘यस्तै विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र यस्तो विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएकी हुँ डोमा भन्छिन ।
त्रियुगा जनता बहुमुखी क्याम्पसमा मनोनयन दर्ता सङ्गै चुनावी चहलपहल बढेको छ।विगतका दिनहरुबाटै विद्यार्थीहरुको हकहितको लागि अहोरात्र खट्दै आएकी विद्यार्थीहरु माझ एक स्थापित नेत्री हुन् डोमा ।
अखिल क्रान्तिकारीबाट अध्यक्षमा सरोज कार्की ,सचिवमा रन्जना मगर र कोषाध्यक्षमा डोमा राइको प्यानलले उम्मेद्बारी दिएको हो।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *