NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

अखिल (क्रान्तिकारी)बाट नारद आदर्श शिक्षा क्याम्पसमा स्ववियु सभापति उमेदवारमा : ज्ञान्दिल राई

1 Mins read

अखिल (क्रान्तिकारी)बाट नारद आदर्श शिक्षा क्याम्पसमा स्ववियु सभापति उमेदवारमा : ज्ञान्दिल राई

आसन्न चैत ५ गते हुन गैरहेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा नारद आदर्श शिक्षा क्याम्पसमा स्ववियु सभापति पदका लागि नेकपा माओवाद केन्द्र निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)को तर्फबाट ज्ञान्दिल राईको नेतृत्वको टिम चुनावमा होमिएको छ।

स्ववियु निर्वाचनले झपक्कै छोपेको नारद आदर्श शिक्षा क्याम्पस परिसर वरिपरि भेटिने ज्ञान्दिल लाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएका उनी केहि चुनौती भएपनी जित निश्चित भएको सुनाउछन् ।
क्याम्पसमा स्नातकमा अध्यनरत ज्ञान्दिल अखिल क्रान्तिकारी नारद आदर्श शिक्षा क्याम्पस कमिटी संयोजक रहेर एक वर्ष देखि कार्यभार सम्हाल्दै आइरहेका छन् । सुरुवातका दिनमा क्याम्पस कमिटीको संयोजकमा उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस रहेकका छन् ।

‘म स्कुल पढ्दा देखिनै ‘लिडर’ बन्छु भन्ने आँट भरिदिएको बताउने उनी यसमा थप उर्जा साथिभाइले दिएको सुताउछन् ।

‘बाल्यकालदेखि नै राजनीति र समाजका हरेक गतिविधिमा सक्रिय रहेका राई नारद आदर्श शिक्षा क्याम्पसमा विद्यार्थी माझ सबै भन्दा लोकप्रिय रहेका सोही क्याम्पस अध्यायरत अर्का बिद्यार्थी शिव राई बताउछ्न।

विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको संयोजकसम्म आइपुग्दा उनले धेरै राजनीतिक उत्तरचढाव भोगेको बताउछन् ।

आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेका छन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोँच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा परिवर्तन थप आउन बाकी भएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिन बाध्यता रहेको बताउछन् ।

राई बेथिती हटाउने सपना:
नारद आदर्श शिक्षा क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । जिल्लाका चर्चितनेताहरु जन्माएको यो क्याम्पस भित्रको अवस्था भने थलिएको छ । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन् ।

`विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएकी हुँ ।’

विद्यार्थी माझ लोकप्रिय
राई क्याम्पसका हरेक विद्यार्थी समस्याको समाधान गर्नका लागि नेतृत्वदायी भुमिका रहेर काम गरिरहेका उनकै सहयात्रीहरु बताउछन। उनी अरु संगठनको नेता जस्तो चुनाव केन्दृत भएर मात्र क्याम्पस आउदैन्न्न। रेगुलर क्याम्पस आउने गरेको बताउछ्न। राई बिद्यार्थी माझ अत्यन्तै, सहयोगी, मिननसार भावना राख्ने गरेको हुदा उनलाइ चुनात जित्न थप सहज हुने उनका साथिहरु बताउछ्न। राईसङै क्रान्तिकारीबाट स्ववियु सचीवमा दिपक परियार र कोषाध्यक्षमा प्रतीक्षा मगर ले उम्मेद्बारी दर्ता गराएका छ्न।
अखिल ( क्रान्तिकारी )को जिल्ला सहसचिब तथा चौदन्दिगढि नगर सम्योजक ज्ञान्दिल को नारद आदर्श शिक्षा क्याम्पसमा उपस्थिति सगै क्याम्पसको हरेक गतिविधिमा जिम्मेवार रहेको अखिल ( क्रान्तिकारी ) ले बिद्यार्थीको हितमा खेलकुद सामग्री ब्याबस्थापन, छात्रा बिधर्थिको स्वास्थसग ध्यान राख्दै सेनिटरि प्याड को ब्याबस्थापन, लगायत बिद्यार्थी को हरेक कार्यक्रममा नेतृत्व गर्दै आइरहेको छ! त्यतिमात्र हैन “” अखिल ( क्रान्तिकारी ) ले पार्टी दल को आस्था भन्दा माथी उठेर समग्र नारद आदर्श शिक्षा क्याम्पसको बिद्यार्थी र क्याम्पसको दीर्घकालीन बिकास , समृद्दी र बिद्यार्थी को हक अधिकार , सेवा को लागि ५ प्रतिबद्धता ( अठोट ) सहित आफ्नो उम्मेदवारी दिएको साथै आफ्नो प्रतिबद्दता पूरा गर्नको लागि भए नि बिद्यार्थी ले अत्याधिक बहुमतले बिजय गराउने बिस्वास सभापतिका उम्मेदवार क. ज्ञानदिल राइले लिएको बताउछन! साथै भुगोल, जाति , सम्पुर्ण सन्तुलन अखिल ( क्रान्तिकारी ) ले समाबेश गरेको कारण पनि जित सुनिस्चित हुने बताउछन!

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *