NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

को हुन त्रीजबका स्ववियु अध्यक्ष उमेदवार कार्की ?

1 Mins read

गाइघाट : चैत ५ गते हुन गैईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावले क्याम्पसको माहोल तातेको छ। यो माहोलले उदयपुर जिल्लाकै सबभन्दा ठुलो त्रीयुगा जनता बहुमुखी क्याम्पस पनि चुनावमय भएको छ। चुनावमा विभिन्न राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु प्रतिस्पर्धा उत्रिएका छ्न।

त्यस्तै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले क्षमता र दक्षताकै आधारमा क्याम्पस सभापतिको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको अखिल (क्रान्तिकारी)का जिल्ला कमिटी अध्यक्ष सिताराम राउतले बताए ।

अखिल (क्रान्तिकारी) बाट सरोज कार्की नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा छ। २०५८ सालमा जन्मिएका सरोज कार्की उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाका ५ जाँतेका बासिन्दा हुन् । बुबा दान बहादुर कार्की र आमा नरमाया खड्काको जेठा छाेरा हुन् सरोज ।

एउटा सामान्य किसान परिवारमा जन्मिएका कार्कि सानैदेखि अन्याय र अत्याचारविरुद्ध बोल्न नडराउने भएकाले बाल्यकालबाटनै राजनीतिलाई नजिकबाट नियाल्ने गर्थे । विद्यालयदेखिनै सामान्य राजनीतिमा रूचि राख्ने गर्थे,।
उदयपुरको लिम्चुङबुङबाट आफ्नाे भाग्य र भविष्य खाेज्न २०७६ सालमा जिल्ला सदरमुकाम गाइघाट प्रवेश गरेका सरोज यतिखेर त्रीजब क्याम्पसमा स्नातकोत्तर तेश्रो बर्षमा अध्ययन छन् ।

स्नातकोत्तर तेश्रो बर्षमा अध्ययनरत कार्की विद्यार्थीका हकहितका निम्ति अहोरात्र खटिएका कारण विद्यार्थी माझ लोकप्रिय छन्। विद्यार्थीको हकहितका आवाज उठाउने, विद्यार्थीका समस्याहरूलाई सहजरूपमा समाधान गर्ने भएका कारण पनि उनलाई अन्य विपक्षी संगठनका विद्यार्थीहरुले समेत उत्तिकै रुचाउछन्।

विभिन्न परिवर्तनका आन्दोलनमा समेत सहभागी भएका कार्की यतिबेला त्रीजब क्यामम्पसबाट स्ववियु अध्यक्षकाे उम्मेदवार हुन् ।

क्याम्पसमा भएका विकृती बिसङगती हटाइ विद्यार्थीकाे राेजाई त्रीजब क्याम्पस बनाउने गुरूयाेजना कार्कीसँग छ । उनले आफ्नो क्याम्पसलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन आफुले भूमिका खेल्ने बताए ।

त्रीजब क्याम्पसलाई कोशी प्रदेशकै उत्कृष्ट क्याम्पसका रुपमा स्थापित गर्न विद्यार्थी प्रतिनिधिका तर्फबाट गर्नुपर्ने जिम्मेवारीबाट पछि नहट्ने उनको उद्घोष छ । क्याम्पस अपांग तथा महिलामैत्री, प्रशासनिकमा सुधार हुन पर्नेमा उनकाे जाेड छ । समाजमा रहेको जातीय छुवाछूत तथा भेदभावलाई पूर्णरूपमा अन्त्य गर्न परिवर्तनका पक्षधरहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उनको अठोट छ ।

आफुले निर्वाचन जिते विद्यार्थी र क्याम्पसकाे हकहितमा काम गर्ने : कार्की

`मैले निर्वाचन जितेपछि आफ्नो लागि नभएर समग्र विद्यार्थी र क्याम्पसकै हकहितका निम्ति काम गर्नेछु, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि क्याम्पससँग सहकार्य गर्नेछु´ उनले भन्ने।

विद्यार्थी आन्दोलनमा सक्रिय भएकाले र आम विद्यार्थीमा आएको परिवर्तन, वर्गीय, समुदाय सबै प्रती सम्मानका हिसाबले पनि अध्यक्ष जित्नेमा ढुक्क छन् ।

शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित भए, आफुले स्ववियु अध्यक्ष जिते कागजमा मात्रै सितित नबनाउने उनकाे प्रतिबद्धता छ ।

कार्किको बेथिती हटाउने सपना:

त्रीयुगा जनता क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । जिल्लाका चर्चित नेताहरु जन्माएको यो क्याम्पस भित्रको अवस्था भने थलिएको छ । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन् ।

`विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र विकृति हटाउने मेरो सपना बोकेर म त्रीजब मा स्ववियु अध्यक्षको उम्मेदवार बनेको हुँ ।’

विद्यार्थी माझ लोकप्रिय

कार्की त्रीजब क्याम्पसका हरेक विद्यार्थी समस्याको समाधान गर्नका लागि नेतृत्वदायी भुमिका रहेर काम गरिरहेका उनकै सहयात्रीहरु बताउछन। उनी अरु संगठनको नेता जस्तो चुनाव केन्द्रित भएर मात्र क्याम्पस आउदैन्न्न। रेगुलर क्याम्पस आउने विद्यार्थी हुन कार्की । कार्की बिद्यार्थी माझ सहयोगी, मिननसार को रुपमा समेत परिचित छन्। फरक संगठन सँग पनि सदभावपुर्ण व्यवहार गर्ने कारण उनलाई क्याम्पसमा सबैले मनपराउने हुँदा उनलाइ चुनाव जित्न थप सहज हुने उनका साथी हरु बताउछ्न। कार्की सङै क्रान्तिकारीबाट स्ववियु सचीवमा रन्जना मगर र कोषाध्यक्षमा डोमा राई र सदस्यहरुमा नवराज बुढाथोकी, उत्सव खतिवडा, अश्विन राइ, युवराज दहाल, शान्ती कार्की, इस्वरी चौधरी, अन्जु चौधरी शेर बहादुर कटुवाल (निसान) युवराज बराइली, निरज सेन, खिलराज कार्की, कबिता चौधरी, समिक्षा माझी, बुद्धराज बिक, रुकुम बिक, बिरेन्द्र बुढाथोकीले उम्मेद्बारी दर्ता गराएका छ्न। अध्यक्षमा अखिल क्रान्तिकारी बाट कार्की नेविसंघ बाट चेतन पोखरेल अनेरास्ववियु बाट अभिषेक राई चुनाबी मैदानमा छन्।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *